कास्की क्षेत्र नम्बर २ बाट बल्ल पछिहटे धनराज गुरुङ

समाधान संवाददाता २०७६ कार्तिक २० गते १२:३७

समाधान संवाददाता, पाेखरा

आसन्न उपनिर्वाचनमा प्रतिनिधि सभा तर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले आफ्नो दाबी नरहेको बताएका छन्।

प्रतिनिधि सभामा एक मात्र सिटका लागि हुन लागेको उपनिर्वाचनमा विगत केही समययता उक्त क्षेत्रमा उम्मेदवार बन्न तिब्र इच्छा देखाएका गुरुङको दाबीप्रति जिल्ला कार्यसमिति सभापतिदेखि त्यस क्षेत्रका नेता कार्यकर्ताले समेत चर्को विरोध जनाएपछि गुरुङ पछि हटेका हुन्।

Advertisement

बुधबार बिहान टिकट टुंगो लगाउने विषयमा पदाधिकारीहरुको बैठककाबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत गुरुङको उम्मेदवारीमा दाबी नरहेको स्पष्ट पारेका छन्।

शर्माले भनेका छन्, ‘उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाईनै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको छ।’

Advertisement

स्याङजाका नेता गुरुङ कास्कीमा उम्मेदवार बन्न खोजेपछि जिल्लामा चर्को विरोध सुरु भएको थियो। उनी पछहिटेपछि अब सो क्षेत्रमा यसअघि पराजित नेता देबराज चालिसे, पुराना कांग्रेस नेता खेमराज पौडेल र विरेन्द्रमान विजुक्छेमध्ये एकले उम्मेवार बन्ने सम्भावना बढेको छ।

तपाईको प्रतिक्रिया