भानुभक्त क्याम्पस ३४ वर्षमा

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १३:२८

समाधान संवाददाता
दुलेगौंडा

तनहुँको पहिलो क्याम्पस भानुभक्त बहुमुखी क्याम्पसले ३३ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा विभिन्न प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम भएको थियो । सो अवसरमा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगितामा ज्ञान बगैँचा बोर्डिङ स्कुल सेराटार प्रथम, अरनिको आवासीय माध्यमिक विद्यालय कवासे द्वितीय र अरनिको आवासीय माध्यमिक विद्यालय खैरेनीटार तृतीय भए । विजयी विद्यालयले क्रमश १० हजार, ७ हजार ५ सय, ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।

गण्डकी प्रदेश सांसद आशा कोइरालाले अहिलेको माग प्राविधिक शिक्षा भएकाले यस क्याम्पसमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी दिइन् । पूर्व मन्त्रीसमेत रहेकी कोइरालाले विश्वविद्यालय स्थापना हुँदा क्याम्पसलाई कुनै असर नपर्ने जनाइन् । उनले विश्वविद्यालय स्थापना गर्न सहयोग गर्न सबैलाई आग्रहसमेत गरिन् ।

Advertisement

क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले विभिन्न आरोह अवरोध खेप्दै यस क्षेत्रमा जिल्लामै पहिलो पटक क्याम्पस स्थापना भएको स्मरण गरे । उनले यस क्षेत्रमा क्याम्पस नहुँदा एसएलसी पास गरेपछि पोखरा जानुपर्ने बाध्यता यसले अन्त्य गरेको बताए । समयको मागसँगै प्राविधिक शिक्षालाई क्याम्पसले जोड दिएको उनको भनाइ छ । ‘हामीले पोखरा विश्वविद्यालयसँग सहकार्य गरेर आगामी शैक्षिक शत्रदेखि सिभिल कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गर्दै छौं,’ उनले भने, ‘यसले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज हुनेछ ।’ उनले यस क्षेत्रमा प्रादेशिक विश्वविद्यालय आवश्यक नरहेको तर्क गरे ।

कार्यक्रममा लोकदोहोरी गायक राजन कार्की, शंकर पन्त र गायिका भूमिका गिरीले मनोरञ्जन दिलाए । २०४४ सालमा यो क्याम्पसमा स्नातक तहमा अहिले ४ सय ९५ विद्यार्थी छन् । स्नातक तहमा वाणिज्य र शिक्षा शास्कायमा अध्यापन भइरहेको क्याम्पस प्रमुख रमेश अधिकारीले जानकारी दिए । स्नातकोत्तर भने विद्यार्थी भर्ना नभएका कारण पढाइ हुन सकेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया