उपनिर्वाचन २०७६ः बौदीकाली– ५ मा आज मनोनयन

समाधान संवाददाता २०७६ कार्तिक २७ गते १३:११

समाधान संवाददाता, पोखरा

नवलपुरको बौदीकाली गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ । तत्कालीन नेकपा (एमाले)बाट निवार्चित वडाध्यक्ष दलबहादुर खरूमगरको निधन भएपछि रिक्त उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा बौदीकाली गाउँपालिको मुख्य केन्द्र डेढगाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद खनालले जानकारी दिए ।

निर्वाचनका लागि बुधबार उम्मेरवारले मनोनयनपत्र दाखिला गर्नेे र मतदान मंसिर १४ हुने भएको छ । मतदानका लागि सोही वडाको जौबारीस्थित उदय आधारभूत विद्यालयमा एउटै मतदान केन्द्र तोकिएको निर्वाचन अधिकारी सुदीप पाण्डले जानकारी दिए । उपनिर्वाचनका लागि उक्त वडाका ८ सय ५३ मतदाता छन् । यसअघि स्थानीय तहको निर्वाचनमा ८ सय १ मतदाता रहेकामा मगरले ३ सय ८४ मत प्राप्त विजयी हुनुभएको थियो भने निकटतम प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार मुक्तबहादुर थापा मगरले १ सय ५४ मत प्राप्त गरेका थिए । यो निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्र्रेसबीच प्रतिष्पर्धा हुने स्थानीय नेताहरूले बताएका छन् । ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया