‘जनप्रतिनिधिले मतको कदर गरौं’

समाधान संवाददाता २०७६ कार्तिक २७ गते १३:२१

रामकृष्ण लामिछाने
पर्वत

Advertisement

स्थानीय तहका जनप्रतिनिधिहरु जवाफदेही र पारदर्शी हुनु पर्ने प्रतिनिधिसभाका सांसद पदम गिरीले बताएका छन् । जिल्ला समन्वय समिति पर्वतले आर्थिक वर्ष ०७५÷०७६ को वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत कार्यक्रममा गिरीले यस्तो बताएका हुन् । जनप्रतिनिधि जवाफदेही र पारदर्शी नभएसम्म विकास निर्माणले गतिलिन नसक्ने उनले औंलाए । ‘जनताले ठूलो आशा सहित मत दिएका हुन्’, गिरीले भने, ‘मतको कदर गर्न कामप्रति र दायित्वमुखी हुनै पर्छ ।’ चुनाव अघि जनताकाबीचमा आफूले गरेका सबै प्रतिवद्धता पूरा गर्न आफू तयार भएको बताउँदै गिरीले ५ वर्षमा जनताले विश्वास गर्ने वातावरण सिर्जना गर्न सकिने बताए । स्थानीय, प्रदेश र संघका जनप्रतिनिधि १ हुनु पर्ने समय आएको गिरीले दोहो¥याए ।

कार्यक्रममा नेपाली कांग्रेस पवर्पतका सभापति खिमप्रसाद भुषालले जनप्रतिनिधि र समन्वय समितिले गरेका निणर्यहरु कार्यान्वयन नगर्दा राज्यको खर्च अनावश्यक ढंगमा वृद्धि भएको बताए । उनले जनताले प्राप्त गरेका सबै सरकारका प्रतिनिधि सुविधामुखी हुन नहुने भन्दै सबैलाई सचेत गराएका थिए ।

Advertisement

समीक्षा कार्यक्रममा पर्वतका सबै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृतले अघिल्लो आवका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनीहरुले स्पष्ट नीति नहुँदा शिक्षा, स्वास्थ्य, कृषि, पशु कार्यालयका काम सम्पादन गर्न कठिन भएको बताए । स्थानीयतहले टोल फ्रि नम्बर राख्न नसकेको, कर्मचारी अभावमा काम गर्न नसकेको, पूर्ण बजेट प्राप्त नभएकाले जनतालाई दिने सेवामा प्रभाव परेको समस्या राखेका थिए ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले गैर बजेटरी खर्चप्रति जनप्रतिनिधिसमेत प्रोत्साहन भएको, न्यायिक समिति तथा अन्य सभाका समिति गठन गर्न नसकेको जस्ता चुनौती गरपालिकाले भोग्न परेको बताए ।

जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, जिल्ला समन्वय अधिकारी चिरञ्जीवी सापकोटा, प्रदेश सांसद जुनादेवी नेपाली, फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया