पर्वतकाे अलैंचीले बजार पाएन

रामकृष्ण लामिछाने
पर्वत
अलैंचीको भाउ घटेसँगै किसान र ब्यवसायी चिन्तित बनेका छन् । कुनै समय प्रति किलो सवा लाख रुपैयाँमा बिक्री भएको अलैंची अहिले मुस्किलले २३ हजारमा बिक्री गर्न बाध्य भएका छन् किसान ।
पर्वतमै पहिलोपटक १ सय २० रोपनीमा १ करोड लागतमा अलैंची खेती विस्तार भएको हो । मोदी गाउँपालिका १ भुक देउराली पर्वतमा गौसिता कृषि फार्मले पहिलो वर्षमा ३३ मन अलैंची उत्पादन गरेको छ । १ मनमा ४० किलो हुन्छ । तर, यसले बजार नपाउँदा फार्ममा अलैंची थन्किएको कृषक केबी गुरुङले दुखसो गरे । ‘विदेशबाट फर्केर यत्रो बाँझो जमीनमा खेती गरेको हुँ,’ गुरुङ भन्छन्, ‘अहिले लगानी उठाउन कठिन भयो, न बजार पाउँछ न राज्यले यसको बजारीकरणमा चासो राख्छ ।’
र्फाममा अलैंचीका ८६ हजार बिरुवा रोपिएको छ । यसको हेरचाहका लागि २ जनाले रोजगारी पाएका छन् । उनीहरुले मासिक १५÷१५ हजार रुपैयाँ पाउँछन् । उत्पादन भएको अलैंची छोडाउने समयमा गाउँमा बेरोजगार भएकाहरुले काम पाउँछन् । दिनको ५ सय रुपैयाँका काम गर्ने गरेको स्थानीय युवा प्रविण गुरुङ बताउँछन् ।
राज्यको मुख्य मेरुदण्ड सावित भएको कृषि पेसामा लागेकाहरुले उत्पादन गरेका उपजहरुले बजार नपाउँदा निराश कृषकहरु चिन्तित छन् । ‘गाउँघरमा कृषि पेशा अंगालेकाहरुले सहजै प्राबिधिक सेवा पनि पाउँदैनन, ‘कृषि ज्ञान केन्द्र पर्वतका कार्यालय प्रमुख वासुदेव रेग्मीले भने, ‘स्थानीयस्तरमा सञ्चालनमा आएका कृषि शाखा मात्रै भएर के काम ? उनले भने, ‘राज्यले कृषि उपजहरु उत्पादन गर्ने किसानहरुलाई बजार व्यवस्थापनमा समस्या हुनुहँदैन । यसो भएमा मुलकले कृषि उपहरुलाई परनिर्भर हुन पर्दैनथ्यो ।’ यस्ता कृषका र्फामसम्म विचौलीयातन्त्र बढेको हुँदा यसलाई रोक्न सरोकारवालले भूमिका दिनुपर्ने रेग्मी बताउँछन् ।
जिल्लामा व्यावसायिक रुपमा लागेका ८० प्रतिशत कृषकले उत्पादन गरेका कृषि उपहरुले बजार पाउँदैनन् । यातायातको सुविधा नहुनु, विचौलीया फस्टाउनु, लगानी अनुसारको प्रतिफल नपाउनुजस्ता मुख्य समस्याले यो पेसाप्रति दिनानुुदिन वितृष्णा बढेको किसानहरु बताउँछन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया