सिडब्लुएसएनको क्रिकेट परियोजना

समाधान संवाददाता २०७६ कार्तिक २७ गते १४:२४

समाधान संवाददाता, पोखरा

बाल हितकारी परियोजना नेपाल (सिडब्लुएसन)ले विद्यालय तहका विद्यार्थीमा क्रिकेट खेलबारे जानकारी दिन र खेलको प्रवद्र्धन गर्न परियोजना थालेको छ । बेलायतको बेलबोर्न क्रिकेट क्लबको सहयोग र किडासा कार्यालय पोखराको प्राविधिक सहयोग रहने परियोजना सोमबार पोखरा महानगरका मेयर मानबहादुर जिसीले सुरुआत गरे ।

जिसीले ब्रेकिङ बाउन्डरिज नाम दिइएको परियोजना बाराही मावि पोखरा ५ को खेल मैदानमा सुरुआत गरेका हुन् । परियोजना अन्तर्गत कास्कीका ५ वटा विद्यालयका खेल मैदानमा क्रिकेट अभ्यास पिच निर्माण गरिनेछ । ती मैदानमा आवश्यक खेल सामग्री पनि परियोजनाले नै उपलब्ध गराउनेछ । १ खेल मैदानमा नजिकका अरु १० विद्यालयका विद्यार्थीले पनि क्रिकेट अभ्यास गर्न पाउने समझदारी रहेको सिडब्लुएसनका अध्यक्ष गोबिन्दराज पहारीले जानकारी दिए ।

Advertisement

कार्यक्रममा एमसिसी फाउन्डेसनका अध्यक्ष एबी कार्टर, किडासाका प्रमुख कार्यकारी अधिकृत जानिस मिलर र वाराही माविका प्रधानाध्यापक शिवराज भण्डारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया