एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

समाधान संवाददाता, काठमाडाैं
एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकले करबाहेक प्रतिमिनेट १ रूपैयाँमा देश भित्रका सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफरबाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा करबाहेक प्रतिमिनेट १.९९ रुपैयाँ लाग्नेछ ।
यो अल नेट भ्वाइस प्याक मंगलबारदेखि सुरु भएको हो । यस प्याक अन्तर्गत ग्राहकले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) करबाहेक २० रूपैयाँ (कर सहित २५.५४) मा लिन सक्छन् । एनसेलले पहिलो पटक यसरी देशभित्रका अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको दाबी गरेको छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गर्नुपर्नेछ । प्याक सुरु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया