आफ्नै देशको माया लाग्छ

समाधान संवाददाता २०७६ कार्तिक २८ गते १४:५६

नवीन क्षेत्री

भर्खरै मात्र भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर आफ्नो नया नक्सामा मज्जैले सजायको छ । यति खेर हिमाल पहाड तराई लगायत सम्पूर्ण ठाउँमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीको रगत उम्लिएको छ ! हुन पनि किन नउम्लियोस् त ? आफ्नै पल्ला घरे ठुला बाले बारीको साँध (सिमा) मिच्दा त खुन तातेर आउँछ भने यहाँ त आफ्नै देशको सिमानाको कुरो छ ! दिनदिनै भारतीय विस्तारवादको नारा लगाउँदै गो ब्याक इन्डिया भन्दै हजारौं युवापुस्ता, वृद्धवृद्दादेखि सम्पूर्ण नेपाली आन्दोलन गरिरहेका छन् ! मुख्य त काठमाडौं केन्द्रीकृत गरी भारतीय दुतावास घेराउ गर्न दिनदिनै नेपाली युवायुवतीको ठुलै जमात देखिन्छ ।

भारतले आज मात्र होइन, हाम्रो नेपालको माटोलाई गिद्दे नजर लगाएको । आजभन्दा कयौं अघि राजा महाराजा, पन्चेको पालादेखिनै हाम्रो नेपालको सीमालाई आफ्नो पञ्जामा पार्न हरदिन हररात प्रयासरत नै छन् । कयौं ठाउँको नेपाली भूभाग त गिद्दले सिनो झँम्टेझै झम्टेर आफ्नो पासोमा पारिसके ! हुनत म न लिम्पियाधुरा पुगेको छु, न लिपुलेक पुगेको छु । न त कालापानी नै तर मेरो देशको १ मुट्ठी माटो जहाको भए पनि मलाई असाध्यै माया छ ! हाम्रा सपूत वीर गोर्खाली नेपालीको रगत र पसिनाबाट बचेको हाम्रो सिंगो नेपाल आमाको कोखलाई कैले भारतले लात्ती हान्ने, कैले चाइनाले लात्ती हान्ने यी र यस्ता दुख कष्ट हामीले धेरै सहेर बसेउँ ।

Advertisement

हामी चाहे पूर्वका हौं, चाहे पश्चिमको हौं । हामी जहाँको भए पनि पहिला नेपाली हौं । नेपाल रहे न नेपाली हौं ! भारतसँग सिमाना जोडिएको नेपालतर्फको तराई भू–भागका सिमानाको बुवा आमा, दाजुभाइ दिदिबहिनी, आज नेपालको माटोमा सुतेका हुन्छन्, भोलि बिहान उठ्दा भारती भूमिमा परेका कयौं घटना हामीले दिनदिनै अखबार तथा रेडियो टेलिभिजनमा हेरेका छौं, सुनेका छौं ! हामी एकछिन सुन्ने शक्ति त राख्न सक्दैनौं भने अब आफंै कल्पना गरौं, सिमानाका नेपाली जनता कसरी बाँचेका होलान् ! आफ्नो भूमि रक्षाको निम्ति कयौं चेली बलात्कृत भए । कयौं आमा दिदीबहिनीको सिन्दुर पुछियो । कयौं दाजुभाइ तातो गोलीको सिकार भए । कयौं आजसम्म पनि घाइते अपांग भएर बसेका छन् ! अब हामी नेपाली कतिन्जेलसम्म भारतको हेपाहा प्रवृत्ति र बल मिचाइको दोसाँधमा पिल्सियर बस्ने ? नेपालको कयौं हेक्टर जमिन भारतले लगेका छन्, कसैलाई अत्तोपत्तो छैन ।

कयौं जंगे पिलर रातारात सारे कसैलाई चासो छैन । हजारौं सिमास्तम्भ आज पनि सिमामै लडिरहेका छन् । उठाउने फुर्सद कसैलाई छैन ! देशको बारेका कसले सोच्ने ? यो देशलाई कसले बचाउने ? हामी नेपाली वीर गोर्खाली भनेर नाक मात्र फुलाएर बसेर सिमाको रक्षा कसले गर्ने ? निकै सोच्ने बेला आयको छ । तपाईं मान्नुस् या नमान्नुस् १ राजा फालेर हजारौं राजा बनेको देशको हालत सबै यही फोहोरी राजनीतिले गर्दा यस्तो सिर्जना भएको हो ! राजनीति भन्ने शब्द सुन्दा पनि घिन लागेर आउँछ ! देशभन्दा माथि उठेर काम गर्ने हो भने असम्भव भन्ने कुरा केही छैन । ‘भाइ फुटे गोबर लुटे’ भनेझैं हामी नेपाली एकआपसमा झैझगडा नगरी मिलेर अघि बढ्नुको विकल्प केही छैन ! रदेशको सीमा मिचिएर देश नै खतरामा रहेको अवस्थामा समेत राजीनित दलका पार्टी १ हुन सकेका छैनन् । एकले अर्कालाई दोषारोपण तथा सत्ता तथा कुर्सीको लडाईंमा नै उनीहरु व्यस्त छन् । यति मात्र होइन, हरेक दलका नेता अकााशकाको तारा नै झार्लान् कि जस्तो भाषण गर्दै हिड्छन् । राजनीतिको आडमा बसेर कोही नेपाललाई सिंगापुर बनाउँछु भन्छन् । कोही स्विजरल्यान्ड बनाउँछु भन्छन् । सिमानामा ढलेको पिलर उठाउने हिम्मत नहुनेले यस्तो र उस्तो बनाउँछु भन्दा पत्याउने हामी कस्तो ?

Advertisement

उच्च तहका नेता नै विभिन्न अभियोगमा जेल चलान भइरहेका छन् अहिले । उनीहरु नै सत्तामा बसेर आम नागरिकलाई कानुन तथा संविधानका बारेमा जानकारी गराउने अभिभारा लिएका पनि धमाधम जेल चलान भइरहँदा नागरिकले के सिक्ने र सुरक्षित कसरी हुने भन्ने प्रश्न त अवश्य पनि आउँ छ नै । अहिले सीमा मिचिएर भारतले नेपालको भू–भागलाई आफ्नो बनाउँदा पनि केही उच्चस्तरीय तहमा वार्ताको माध्यमबाट समस्याको समाधान गर्न तदारुकता नदेखानु नै लाचारीपन हो कि जस्तै देखिन थालेको छ । यो विषयमा केही पनि पहल नगर्ने हो भने कुनै पनि भारतले नेपाल पनि हाम्रो देशको एउटा प्रदेश हो भन्न पछि पर्ने छैन ।

यति मात्र होइन, नेपालको अस्थिर राजनीति, रोजगारीको अवस्था सून्य लगायतका समस्याले गर्दा लाखौं युवायुवती आज पनि खाडी मुलुकको घाममा रगत र पसिना बगाउन बाध्य छन् ! विकास निर्माणमा देशको मुख्य रोल भनेको राजनीतिले गर्छ । त्यसैले अब पनि यही राजनीतिमै रोमल्लिने हो भने सिमाना मात्र मिच्ने हैन पुरै देश नै नमिच्ला भन्न सकिन्न ! त्यसैले पनि सर्वदलीय बैठक राखेर सानो काजगको टुक्रामा विज्ञप्ति मात्र निकाल्दैमा यो समस्याको समाधान हुने अवस्था पक्कै पनि छैन ।

उच्चस्तरीय वार्ताबाट नै नेपालको सिमा विवादको टुंगो लगाउनु आवश्यक छ । कुनै एक स्थानमा बैठक बसेर लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो भन्दैमा केही हुने अवस्था छैन । किन कि भारतले आफ्नो नक्साबाट नेपालको भू–भाग हटाउने छ भन्ने आशा अहिलेको अवस्थामा गर्न सकिदैन ।

तपाईको प्रतिक्रिया