गण्डकी विकासको २ विद्यालयलाई सहयोग

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १३:३७

समाधान संवाददाता, पोखरा

गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवं संघ संस्थालाई विविध सामग्री वितरण गरेको छ । यस क्रममा लेतेस्थित ज्ञानोदय मावि लाई एउटा फोटोकपी मेसिन, घरपझोङ– ५ स्थित जनमुक्ति युवा क्लबलाई विभिन्न खेलकुद सामग्री तथा जोमसोमस्थित मुस्ताङ कल्चरल एन्ड एजुकेसन सेन्टरमा आश्रित विपन्न वर्गका विद्यार्थीका लागि विभिन्न स्टेसनरी सामग्री वितरण गरेको छ ।

छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझाले सम्वन्धीत संघ संस्थाका पदाधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरे । उक्त कार्यक्रमा उल्लेखित संघ संस्थाका पदाधिकारी एवं स्थानीयको उपस्थिति थियो । बैंक सञ्चालक ओझाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा समाजका विविधि क्षेत्रमा गरेको योगदानका बारेमा प्रकाश पारे । मुस्ताङ जिल्ला पुगेर सामाजिक क्षेत्रमा योगदान गर्न पाउँदा बैंक परिवार हर्षित भएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया