साझाकी रजनी घरदैलोमै

समाधान संवाददाता
पोखरा
साझा पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि घरदैलो कार्यक्रमलाई तीब्र बनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनका लागि पार्टीले घरदैलो र कोणसभा गरिरहेको छ । पार्टीका तर्फबाट उम्मेदवार रहेकी रजनी के.सीसहितको टोली घरदैलो कार्यक्रममा सक्रिय बनेको हो । पार्टीले पोखरा १७ बिरौटामा शुक्रबार र पोखरा २० भलाममा शनिबार घरदैलो गरेको छ ।
घरदैलोपछि पार्टीले शुक्रबार साँझ बिरौटा चोकमा कोणसभा गरेको थियो । कोणसभामा उम्मेदवार केसीले साझा पार्टी भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानमा लागिपरेका र युवाहरुलाई नेतृत्व तहसम्म पु¥याउन प्रयासरत रहेको बताइन् । उनले सदनसम्म जनताको आवाज पु¥याउने बताउँदै जनताका समस्या समाधान गर्ने नीतिअनुसार पार्टी अगाडि बढेको जानकारी दिइन् ।
‘देशमा भ्रष्टाचार व्याप्त छ, साझा पार्टी अहिले भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानमा छ,’ उनले भनिन्, ‘अब पनि चुप लागेर बसे यो देश कुन बेला बेचिने हो थाहा छैन ।’ भारतको नयाँ नक्सामा नेपाली भूमि समेटिदा पनि अहिलेसम्म सरकार मुकदर्शक बनेको भन्दै उनले आपत्ति जनाइन् ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले उपनिर्वाचन मार्फत कास्कीलाई वैकल्पिक शक्तिको आन्दोलनको केन्द्र बनाउन सकिने बताए । ‘आगामी उपनिर्वाचनमा तराजुमा मत दिएर वैकल्पिक शक्तिको केन्द्र बनाउने अवसर कास्कीलाई प्राप्त भएको छ,’ उनले भने, ‘एकपटक साझालाई अवसर दिएर हेर्नुस, भ्रष्टाचार विरुद्ध समाज हामीले नै स्थापना गर्नुछ ।’
कोणसभाको संचालन साझा युवा संघका महासचिव सरोज गौतमले गरेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया