आश्वासन बाँड्दैनौं, काम गर्छाैः धर्मराज

समाधान संवाददाता, पोखरा
नेपाली माटो सुहाउँदो समाजको असली पार्टी समाजवादी भएको उम्मेदवार धर्मराज गुरुङले दाबी गरेका छन् । उपनिर्वाचनमा घरदैलो अभियानका क्रममा पोखरा १५ रामबजार पुगेका गुरुङले सत्ताको बागडोर सम्हालिरहेको नेकपा र प्रतिपक्षको कमजोर भूमिकामा देखिएको कांग्रेसले जनताको आकांक्षा र समाजको आवश्यकतालाई पूरा गर्न नसक्ने बताए ।
‘सरकार भ्रष्टाचार र अराजकतामा रमाइरहेको छ । जनताका आवश्यकता दुई तिहाईको छाँयामा परेको छ,’ उनले भने, ‘लामो समय शासन गरेको कांग्रेसले पनि जनताको आवाजलाई उठाउन नसकिरहेका बेला समाजवादी पार्टी ती सबै आवश्यकतालाई जोड्ने गरी चुनावी मैदानमा होमिएको छ ।’ उनले तराई, मधेस, हिमाल पहाड जोड्ने अभियानमा रहेको समाजवादीप्रति जनताको आशा र भरोसा जोडिएको दाबी गरे । ‘सरकार एकपछि अर्को काण्डमा फस्यो । हत्या र बलात्कारका दोषीलाई पक्राउ गर्नै सकेन । अहिले आँसुको राजनीति गर्न खोजिरहेको छ’ उनले थपे ।
भ्रष्टाचार र लोभलालचमा लाग्नेबिरुद्ध खबरदारी गर्न र जनताको असली आवाज संसदमा पु¥याउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । ठूला आश्वासन होइन, काम गरेर देखाउन चुनावी मैदानमा होमिएको उनलेब ताए । समाजवादी पार्टीले घरदैलो अभियानलाई तीव्र बनाएको नेता किरण थापाले बताए ।
आइतबार र सोमबार समाजवादीले वडा नम्बर १५ मै घरदैलो गर्ने छ । मंसिर ८ गते पोखरामा समाजवादीका शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई लगायतको उपस्थितिमा सभा आयोजना हुने थापाले जानकारी दिए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया