तनहुँमा पाठेघरको क्यान्सर परीक्षण शिविर

समाधान संवाददाता २०७६ मंसिर २ गते १४:१३

समाधान संवाददाता, पोखरा

नेपाल अर्बुद रोग निवारण संघ कास्कीको आयोजना र नेपाल परिवार संघ कास्कीको प्राविधिक सहयोगमा तनहुँमा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर भएको छ ।

भीमाद २ टेक्रे भन्ज्याङस्थित बाल विकास माविमा भएको शिविरमा ७० जनाको परीक्षण भएको छ । नेपाल अबुद्र्ध रोग निवारण संघ कास्की अध्यक्ष रामचन्द्र थापाले शिविरमा ५ महिलामा पाठेघरको मुखको क्यान्सरका लक्षण देखिएको जानकारी दिए । जाँच गरिएकामध्ये धेरैको जसोमा समस्या सामान्य पाइएको छ ।

Advertisement

संस्थाका सचिव नारायण पराजुलीले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेकाले यसलाई निराकरण गर्न शिविर गरिएको बताए । संघ कास्की अध्यक्ष रामचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा भीमाद नगरपालिका २ अध्यक्ष भवानीशंकर लम्साल, बाल विकास माविका प्रधानाध्यापक राम्जी सिग्देल, नेपाल परिवार नियोजन संघ कास्की पूर्वअध्यक्ष अर्जुनप्रसाद सिग्देल, लायन्स क्लब अफ पोखरा पिस सिटी संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, इनरह्विल क्लब पोखरा अध्यक्ष रेखा मर्सानी, प्रभात आर्टस् पोखरा सञ्चालक तीर्थ सुवेदीले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया