गोरखामा दुई प्रहरी भवनको उद्‍घाटन

समाधान संवाददाता २०७६ मंसिर ३ गते १६:२९

समाधान संवाददाता, गाेरखा

भौतिक पूर्वाधारहरुमा आत्मनिर्भर हुँदै जनस्तरमा समर्पित तथा गुणस्तरीय सेवा दिने नेपाल प्रहरीको उदेश्य अनुरुप निर्माण भएको ईलाका प्रहरी कार्यालय हर्मी र प्रहरी चौकी रातमाटे गोरखाको नव(निर्मित प्रहरी भवनको यहि मंसिर २ गते गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले उद्‌घाटन गर्नुभएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–३ स्थित निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय हर्मी र गोरखा कै पालुङटार नगरपालिका–९ रातमाटे स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी रातमाटेको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रवेशद्धारमा रिबन काटी साथै शिलालेख अनावरण गरी नव(निर्मित भवनको उद्‍घाटन गर्नुभएको हो ।

Advertisement

प्रहरी चौंकी रातामाटे गोरखाको नव(निर्मित प्रहरी भवनको उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले नेपाल प्रहरी समुदाय प्रहरी साझेदारीका माध्यमबाट विभिन्न जनचेतनामुलक कार्यक्रमहरु लिई समाजका विकृती विसंगती न्यूनिकरणका लागि जनताको समिपमा पुगेको बताउँदै यसलाई सफलिभुत पार्न सम्पूर्ण सरोकारवाला निकायहरुको साथ र सहयोगको अपेक्षा रहेको कुरा व्यक्त गर्नुभयो ।

साथै ईलाका प्रहरी कार्यालय हर्मी गोरखाको भवन उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरिक्षक घिमिरेले वर्तमान समयमा जनशक्ति बढाउनु भन्दा पनि प्रविधियुक्त जनशक्ति निर्माणमा जोडदिनुपर्ने कुरा बताउँदै नव(निर्मित प्रहरी कार्यालय भवनको आवरणमा जती सभ्य र भव्य देखीएको छ यसको उपभोग गर्ने प्रहरी कर्मचारीहरुले पनि जनताको मनमनमा पुगी समस्या समाधानका लागि आम जनताको गुनासो नरहने गरी जनलक्षित प्रहरी सेवा प्रवाह गर्न गराउन उक्त प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

Advertisement

भवन उद्‍घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले भवन निर्माण भए पश्चात आम नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीको सेवा प्रवाह थप प्रभावकारी हुने बताउँदै भौतिक स्रोत साधनको सम्पन्नताले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै कार्यक्रमका अध्यक्ष गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जिल्लाको शान्ति सु(व्यवस्था कायम राख्न सरोकारवाला सम्पूर्ण निकायहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउँदै भौतिक पूर्वाधारहरुको पर्याप्तताले प्रहरी सेवा प्रवाहमा थप चुष्तता प्रदान गर्ने बताउनुभयो ।

२०७२ सालको विनाशकारी महाभुकम्प पछिको क्षति ग्रस्त नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनस्निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूनस्निर्माण प्राधिकरण कोष बिच सम्झौता भई उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।

भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी कार्यालयका टिएसटि प्रमुख प्रहरी निरीक्षक निरञ्जन कुमारले आरसिसि फ्रेम स्ट्रकचरमा निर्माण सम्पन्न भएको उक्त भवनमा कार्यालय, व्यारेक र मेष प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरीएको बताउनुभयो ।

सोही अवसरमा भवन निर्माण कार्यमा सहयोग गर्ने साथै जग्गा उपलब्ध गराउनुहुने महानुभाव र प्रहरी कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख, उप(प्रमुख लगायत अन्य जनप्रतिनिधिहरु, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारिहरु, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया