फेसबुकलाई चुनौती दिन विकिपीडिया सञ्चालकले खाेले डब्लुटीः साेसियल

समाधान संवाददाता २०७६ मंसिर ३ गते १६:५३

एजेन्सी

विकिपिडियाले डब्लुटी: सोसियल नामक आफ्नै सामाजिक सञ्जाल खोलेको छ।

विकिपिडियाका संस्थापक जिम्मी वेल्सले फेसबुक र ट्विटरको विकल्पको रूपमा नयाँ समाजिक सञ्जाल ल्याएको बताएका छन्। विज्ञापन नराख्ने भएकाले विकिपिडियाको सामाजिक सञ्जाल फेसबुक, ट्विटरभन्दा फरक उनले बताए। डब्लुटी सोसियल प्रयोगकर्ताको चन्दाबाट चल्ने  बताइएको छ।

Advertisement

वेल्सका अनुसार डब्लुटी सोसियल समाजिक सञ्जाल र न्युज फिडको संयुक्त रूप हो। यसले प्रयोगकर्तालाइ फेसबुक शैलीको न्युज फिडमा समाचार सेयर गर्न र छलफल गर्न अनुमति दिन्छ। सञ्जालमा राजनीतिदेखि  मौरी पालनसम्मका सबै प्रकारका विषयहरु समावेश गरिने बताइएको छ।

मंगलबारसम्ममा डब्लुटी: सोसियलको दुई लाख सदस्य पुगेको वेल्सले आफ्नो ट्विटरमार्फत जनाएका छन्। 

Advertisement

डब्लुटी: सोसियलले फेसबुक र ट्विटरमा जस्तो सबैभन्दा धेरै लाइक र कमेन्ट गरिएको समाचार मात्रै नभएर सबैभन्दा पछिल्लो समाचार क्रमशः अगाडि देखाउँछ। यसमा नयाँ राखिएको लिंक पहिला देखाउँछ। यसमा उनी अपभोट बटन थप्ने योजनामा छन् जसमा प्रयोगकर्तालाई गुणस्तरीय कथाहरू सिफारिस गर्न मद्दत गर्नेछ।

यसका साथै अहिलेलाई यस सञ्जालमा सहभागी हुन चाहनेहरूलाई प्रतीक्षाको सूचीमा राखी अन्यलाई निम्तो पठाउन आग्रह गर्ने वा चन्दा दिएर चलाउन पाउने व्यवस्था गरिएको छ।

वेल्सका अनुसार २०० जनाभन्दा बढी मानिसले साइटको विकासका लागि चन्दा दिएका छन्। यसले नेटफ्लिक्स वा स्पोटिफाइजस्ता सेवा प्रदायकको सफलता र सान्दर्भिक अनलाइन सामाग्रीको भुक्तानीमा इच्छुक भएको बुझ्न सकिने उनले बताए।

डब्लुटीः सोसियल जिम्मी वेल्सको यसअघिको विकी ट्रिब्युन नामक विचारबाट जन्मेको हो। यो प्रोजेक्ट गलत समाचारको सामना गर्ने उद्देश्यले २०१७ मा सुरु गरिएको थियो। तर सेवाको निरन्तरताका लागि प्रयोगकर्ताको आवश्यकतालाई ध्यान दिन सकेको थिएन।

तपाईको प्रतिक्रिया