बुद्ध वाणी समृद्धिमा सहायकः गुरुङ

समाधान संवाददाता २०७६ मंसिर ४ गते १३:४४

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बुद्धको दर्शन सुखी जीवन र समृद्धिका लागि सहयोगी रहेको बताएकी छन् । उनले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा महानगरले जोड दिएको उल्लेख गरिन् ।

पोखरा १८ को पल ङाध्युर साङ्ङाय् छ्योइलिङ गुम्बामा आयोजना गरिएको म्हनी धुङध्युर थुग्ज्ये छेयन्पो खोर्लो उद्घाटन उनले महानगरभित्र रहेका धार्मिक र सांस्कृतिक सम्पदा संरक्षण जरुरी रहेको बताइन् । उनले बुद्ध शिक्षाले सबै मानवको कल्याण गर्ने उल्लेख गर्दै हिंसा, कुण्ठा, लोभ र कसैको अहित हुने काम नगर्न यसले प्रेरणा दिने उल्लेख गरिन् ।

Advertisement

पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले गुम्बाले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । गुम्बामा भगवान बृद्धको देव अवतरण तिथिका साथै बौद्ध धर्मालम्बीको महत्वपूर्ण दिनको अवसवरमा १३ फुट १० इन्च मोटाइ, ५ फुट ४ इन्च उचाइ, १६ सय केजी तौल र १ अर्ब २५ करोड ४० लाख मन्त्र संख्यासहितको नवनिर्मित म्हनी धुङध्युर थुग्ज्ये छेयन्पो खोर्लो पनि गुरुङले उद्घाटन गरिन् । उनले गुम्बालाई १० हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग पनि दिइन् ।

कार्यक्रमा दीपक गुरुङले गुम्बाको स्थापना लगायत बुद्ध धर्मका बारेमा बोलेका थिए भने कार्यक्रम गुम्बाका गुरु लामा धोर्जे लोपेनको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया