चाइना एक्स्पोमा पोखरेलीलाई निम्तो

समाधान संवाददाता
पोखरा
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले चीनको नानिङ सहरमा अंग्रेजी वर्ष २०२० को सेप्टेम्बरमा आयोजना हुने १७ औँ चाइना एसियन एक्स्पो’मा पोखरेली उद्योगी, व्यवसायी सहभागी हुने प्रतिवद्धता गरेका छन् ।
एक्सपोबारे जानकारी दिन आएको चिनिया प्रतिनिधि मण्डलसँग बुधबार भएको छलफलमा अध्यक्ष अधिकारीले पोखरा उद्योग वाणिज्य संघले पुसको १८ देखि २८ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा चिनिया सहभागिताका लागि पनि अनुरोध गरे ।
संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चीनमा आयोजना हुने एक्स्पोमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि १ स्टल उपलब्ध गराउन चिनिया पक्षसँग अनुरोध गरे । उनले एक्स्पोमा स्टल उपलब्ध भएमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकासँगको सहकार्यका त्यहाँ भ्रमण वर्षको प्रचारात्मक अभियान चलाउन पोखरा उद्योग वाणिज्य संघ तयार भएको बताए । छलफलमा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे तथा कार्यकारी निर्देशक टोपबहादुर थापाले पनि बोलेका थिए ।
चीनको नानिङको प्रदर्शनी केन्द्रमा हुने एक्स्पोमा एसिया तथा अन्य देशका विभिन्न उत्पादनको प्रदर्शनी हुन्छ । मेसिनरी सामानदेखि कृषि उत्पादनसम्मको प्रदर्शन हुने सो एक्स्पोमा ८ हजारभन्दा बढी व्यवसायीले प्रदर्शनी गर्छन् भने २ सय ७४ भन्दा बढी छलफल हुन्छन् । एक्स्पोका उपमहानिर्देशक जेङ झोङले प्रदर्शनीमा सहभागी भई नेपाली उत्पादनको बजारीकरण गर्न उद्योगी, व्यवसायीसँग आग्रह गरे । उनले सो एक्सपोमा भाग लिन खोज्ने व्यवसायीलाई सघाउन आफू तयार रहेको पनि बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया