आगलागीमा परेर चार वर्षीय बालकको मृत्यु

समाधान संवाददाता २०७६ मंसिर ६ गते १२:१५

समाधान संवाददाता, काठमाडाैं

उदयपुरको एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ।

जिल्लाको त्रियुगा नगरपालिका-१६ रातापानी बस्ने चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको हो।

Advertisement

बिहीबार दिउँसो ३ बजे घरमा कोही नभएको बेला आगलागी हुँदा राईका छोरा ४ वर्षीय विष्णु बहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन बालबालिका घरमा खेलिरहेका बेला विष्णुले लाइटर बालेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी हरि कृष्ण केसीले बताए।

Advertisement

‘अर्का दुई भाइ भाग्न सफल भएछन् र विष्णु लडेपछि भाग्न नसकेको रहेछ,’ डिएसपी हरि कृष्ण केसीले भने।

विष्णुको पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ। स्थानीयवासीले आगो निभाए पनि विष्णुले ज्यान गुमाइसकेका थिए।

तपाईको प्रतिक्रिया