पोखरा महोत्सवका स्टल बुकिङ खुला

समाधान संवाददाता २०७६ मंसिर ६ गते १३:१३

समाधान संवाददाता, पोखरा

युनाइटेड क्लबको आयोजनामा हुने दसाैं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुला भएको छ । आउँदो पुसको २९ देखि माघको १२ सम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने दसौं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको आयोजक युनाइटेड क्लबका कोषाध्यक्ष तथा पोखरा महोत्सव अर्थ तथा स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहनेछ । पोखरा महोत्सवमा पर्यटन प्रवद्र्धन र नया उद्योगको प्रवद्र्धन गर्ने व्यवसायीलाई निशुल्क स्टलको व्यवस्था गरिने तिमिल्सिनाले जनाएका छन् । महोत्सवमा १२ वटा रेस्टुरेन्टका स्टल रहनेछ । महोत्सवमा हस्तकला, कृषि, अटो, पुष्प, रेडिमेट, वित्तीय संस्था, पर्यटन प्रवद्र्धन, सूचना प्रविधि र उद्योगका स्टल रहने उनले जानकारी दिए । स्टल बुकिङका लागि युनाइटेड क्लबको कार्यालय अमरसिंह चोकमा सम्पर्क गर्न सकिने क्लबले जनाएको छ ।

Advertisement

स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका कार्य गर्दै आएको छ । उसले पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमीसँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया