रसुवामा एक किलो सुनसहित दुई महिला पक्राउ
समाधान संवाददाता
२०७६ मंसिर ९ गते १२:४६

समाधान संवाददाता, पाेखरा
रसुवा प्रहरीले एक किलो सुनसहित दुई जना महिला भरियालाई पक्राउ गरेको छ।
केरुङबाट नेपाल आउँदै गरेका रसुवा गोसाइकुन्डका दुई महिलालाई सोमबार बिहान ९ बजे सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
रसुवागढीको मितेरी पुलनजिक रहेको प्रहरी चेकपोस्टले खोज तलासी गर्ने क्रममा सुन भेटेको थियो। प्रहरीका अनुसार ती दुई महिला कात्तिक ७ गते केरुङ हिँडेका थिए।
बरामद सुन र महिलामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया