‘एनसेल सुपर सेलर’हरु पुरस्कृत

समाधान संवाददाता २०७६ मंसिर ९ गते १४:०७

समाधान संवाददाता
पोखरा

एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत गोर्खा, लमजुङ र तनहुँका१३ पोइन्ट अफ सेल्स्लाई पुरस्कार हस्तान्तरण गरेको छ । शनिबार भएको कार्यक्रममा उनीहरुलाई सुन, आइप्याड प्रो, माउन्टेन बाइक र वासिङ मसिन वितरण गरिएको हो ।

योजनाको प्लाटिनम समूह अन्तर्गत तनहुँका मास्की किराना स्टोर्स, दीप मोबाइल पसल, विसान मोबाइल सर्भिस सेन्टर र लमजुङका अल इन्फोटेकले २४ क्यारेटका २–२ तोला सुन जितेका छन् । यही समूहमा पर्र्ने तनहुँका बन्धु स्टोर्स र गोर्खाका इन्द« भेट फर्माले आइप्याड प्रो हात पारे । यो योजनाको गोल्ड समूहका गोर्खाका श्रेष्ठ स्टेसनरी सेन्टर, तनहुँका गुरुङ किराना पसल र सिद्घार्थ अडियो भिडियोले २४ क्यारेटको १–१ तोला सुन जितेका छन् ।

Advertisement

योजनाको सिल्भर समूहका धनकुमारी किराना पसल, तनहुँकै साइमन किरान पसल र लमजुङको दुलाल किराना पसलले माउन्टेन बाइक साइकल जितेका छन् । तनहुँको सुमन किराना स्टोर्सले वासिङ मसिन जितेको छ ।
यो योजना अन्तर्गत हालसम्म काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, धनुषा, सर्लाही, महोत्तरी, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, गोर्खा, लम्जुङ र तनहुँका २ सय ११ खुद्रा बिक्रेता पुरस्कृत भइसकेका छन् ।

एनसेलले खुद्रा बिक्रेतालाई लक्षित गरी यो योजना गत चैत १ देखि लागु भएको गरेको थियो । योजना पुस मसान्तसम्म चल्नेछ । यो योजनामा सामेल हुन खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्छ । खुद्रा बिक्रेताले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी ४ प्रकारका समूहमध्ये कुनै १ आफूलाई सहभागी गराई आकर्षक बम्पर उपहार पाउन सक्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया