जनकपुरमा १०८ जोडीको विवाह एउटै मण्डपमा

रासस, जनकपुर
यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीको अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ।
माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मंसिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए।
जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १०८ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताए।
उनले प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यसपल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको बताइएको छ।
प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्दछ भने सोही विवाहसँगै सर्वसाधारणहरुले पनि विवाह गर्ने गरेका छन्।








चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
बागलुङमा पिकअप जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया