त्रिचन्द्र कलेज प्रमुखलाई कुटपिट गर्ने दुई विद्यार्थी पक्राउ

समाधान संवाददाता २०७६ मंसिर ९ गते १६:१९

समाधान संवाददाता, काठमाडाैं

त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेको आशंकामा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुका गोविन्द थपलिया र मनराज थापालाई पक्राउ गरिएको हो। 
सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले न्यौपानेलाई कुटपिट गरेका थिए।

Advertisement

विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै प्रमुख न्यौपानेलाई कुटेका थिए। ‘कुटपिट गरेको आशंकामा सोधपुछका लागि पक्राउ गरिएको हो, उनीहरूको संलग्नताबारे छानबिन भइरहेको छ,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने।

Advertisement

तपाईको प्रतिक्रिया