घार्मीको ओमकारेशवर मन्दिरमा सतबीज छरियो

समाधान संवाददाता २०७६ मंसिर ९ गते १६:३४

समाधान संवाददाता, पाेखरा

पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सद्वीज छरिएको छ ।

वाला चर्तुदसी पर्वको अवसरमा स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा अर्मला, पुरञ्चौर, भलाम, सार्दीखोला, हेम्जा, हरिपाउ, कुरेचौर र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना पितृको सम्झना गरी हजारौ भक्तजनले भगवान शिवको आराधना गरी मन्दिर परिसरमा सद्वीज छरेका थिए ।

Advertisement

स्थानिय सावित्री पौडेलको घरवाट वाजा गाजा र भजन किर्तन सहित धार्मिक परम्परा अनुसार फुलको डोली मन्दिर परिसरमा ल्याएपछि डोलीसगसगै सतविज छर्नेको घुईचो लागेको स्थानिय अभिशेक पौडेलले जानकारी दिनुभयो । साँझ सम्म पनि मन्दिरमा पूजा गर्ने र सदविज छर्न मन्दिर परिसरमा भत्तालुहरुको घुईँचो लागेको समितिका अध्यक्ष टीकाराम पौडेलले वताउनुभयो । स्थानिय भजन मण्डलीले साझसम्म पनि भजन किर्तन गरेका थिए ।त्यस क्षेत्रमा पुगेका भक्तजनहरुले घार्मीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानिय वासिन्दालाई सुझाव दिएका छन ।

घार्मिमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागी स्वदेशि तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन । बाला चर्तुदशि पर्व र सिव रात्रीमा त्यस क्षेत्रमा धार्मिक मेलानै लाग्ने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया