पाेखरामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

समाधान संवाददाता
पोखरा
‘लैगिंक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ यो वर्षको ‘लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान’ अन्तर्गत पोखरामा सचेतना र्याली निकालिएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० गतेसम्म १६ दिन अभियान सञ्चालन हुँदै आएको छ । सोही अवसरमा जोन्टा क्लब अफ पोखराले सोमबार सचेतनामूलक र्यालीको आयोजना गरेको हो ।
लैगिंक तथा महिला हिंसाविरुद्ध जोन्टा क्लबले र्यालीको आयोजना गरेको क्लबकी उपाध्यक्ष मोनिका थापाले बताइन् । ‘महिला हिंसा अन्त्य गर, लैगिंक समानता कायम गर, बलात्कारीलाई कारबाही गर’ जस्ता प्लेकार्ड लिएर र्यालीमा मानिसहरु सहभागि भएका थिए ।
सभागृहहलबाट निस्किएको र्याली न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै सभागृहमै गएर समापन भएको थियो । १६ दिनसम्म क्लबले विभिन्न सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने क्लबकी उपाध्यक्ष थापाले जानकारी दिइन् ।
सरकारले आइतबार काठमाडौंबाट देशभर अभियानको थालनी गर्न आह्वान गरेको थियो । अभियान मंसिर २४ गते सम्पन्न हुनेछ । सरकारले यो अभियानमा सहभागी हुन ७ वटै प्रदेश, ७७ वटा जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई आह्वान गरेको छ । सरकारले विक्रम संवत २०५४ सालदेखि लैगिक हिंसाविरुद्धको सो अभियानलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया