दोहोरी गीत प्रतिष्ठानमा रमेश बिजी

समाधान संवाददाता २०७६ मंसिर १० गते १५:४०

समाधान संवाददाता, पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पोखरामा भएको सातौ महाधिवेशनबाट अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । आफ्ना निकतम प्रतिद्वन्द्वी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निर्वाचनमा बिजीले ५ सय ८४ र खत्रीले ५ सय ४५ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रोहितराज बास्तोलाले जानकारी दिए । मंसिर ६ दखि ८ गतेसम्म भएको महाधिवेशनमा १ हजार ३ सय ४८ मतदातामा १ हजार १ सय ३८ मत अर्थात ८४ दशमलव ३४ प्रतिशत खसेको थियो । वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्ष पशुपति शर्मा, द्वितीय उपाध्यक्ष रामजी खाँड, महिला उपाध्यक्ष राधिका हमाल पुन, महासचिव सुवास केसी, उपमहासचिवद्वय शंकर बिसी र शिव हमाल, सांगठनिक सचिव खुमन अधिकारी, महिला सचिव जमुना रानामगर र सहकोषाध्यक्ष महिलामा पूर्णकला बिसी निर्विरोध भएका छन् ।

Advertisement

महाधिवेशनमा कोषाध्यक्षका लागि भएको निर्वाचनमा राजु ढकाल ७ सय ३७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी तारापति सुवेदीले ३ सय ७२ मत ल्याएका थिए । सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल ६ सय ८० मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी घनश्याम रिजालले ४ सय ६ मत पाए ।

प्रशासनिक सचिवमा कृष्ण रेउले ८ सय ४६ मत ल्याएर विजयी बनेका छन् । रेउलेका निकटतम प्रतिद्वन्द्वी पुरुषोत्तम थापाको पक्षमा २ सय ४५ मत खसेको थियो । प्रतिष्ठानको ७ खुला सचिवका लागि भएको निर्वाचनमा जीवन दाहाल ७ सय ८०, रमेशराज भट्टराई ७ सय ३३, कुलेन्द्र विश्वकर्मा ६ सय ७७, हरि डाँगी ६ सय २६, प्रचण्ड जिसी ६ सय ६, वसन्त थापा ५ सय ९०, पुष्कल शर्मा ५ सय ७३ मत ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतिष्ठानको खुला सचिवमा १३ उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

महिलातर्फ ७ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सम्झना लामिछानेमगर ९ सय १२, जानकी तरामीमगर ८ सय ६६, अन्जली अधिकारी ८ सय १०, जुना श्रीसमगर ७ सय ९८, अमृता लुंगेलीमगर ७ सय ६१, सरला पाण्डे ७ सय ३६, सीता राना ६ सय ३२ मत ल्याएर विजयी भएका छन् । महिला महिला सदस्यका लागि १० उम्मेद्वारबीच प्रतिस्पर्धा भएको थियो ।

महाधिवेशनबाट खुला १२ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा देवी घर्ती सबैभन्दा बढी १ हजार १४ मत ल्याएर निर्वाचित भएकी छन् । खुलातर्फ पिएन सापकोटा ८ सय ७१, प्रकाश सपूत ७ सय ८५, पुरुषोत्तम भण्डारी ७ सय ७९, प्रकाश भट्ट ७ सय ५४, याम क्षेत्री ७ सय ३१, विमल अधिकारी ७ सय २३, महेन्द्र गौतम ६ सय ९९, दीपक गरौजामगर ६ सय ३०, सागर गुरुङ ५ सय ६६, विक्रम थापा ५ सय २८, युवराज मगर ५ सय २५ मत ल्याएर निर्वाचित भएका छन् । खुलातर्फ २० उम्मेद्वार बीच प्रतिस्पर्धा भएको थियो ।

भूगोलतर्फ केन्द्रीय सदस्यमा गण्डकीबाट तारानाथ आचार्य ३ सय ९७ मत ल्याएर विजयी भएका छन् । भूगोलतर्फ सुदुरपश्चिमबाट नवीन धामी ५ सय ९३ मतका साथ विजयी बनेका छन । प्रदेश १ बाट विष्णुप्रसाद घिमिरे, प्रदेश २ बाट ईश्वरीप्रसाद पन्त, ३ बाट हिमाल घले, ५ बाट सन्दीप न्यौपाने, कर्णालीबाट उत्तम शर्मा, काठमाडौं उपत्यका समन्वय समितिबाट राजकुमार रायमाझी निर्वारोध भएका छन् । विदेश शाखा अन्तर्गत केन्द्रीय सदस्यमा रामकृष्ण बम मल्लले ७ सय ६७ र दुर्गा पंगेनीले ५ सय ५८ मत ल्याएर विजयी भएका छन् ।

‘हाम्रो अभियान, अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ भएको प्रतिष्ठानको महाधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले सोमबार औपचारिक कार्यक्रम गरी बधाई ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया