पोखरा ट्रेड मलको दशैँ तिहार बम्पर बिजेताको छनौट

समाधान संवाददाता २०७६ मंसिर १० गते १६:०९

समाधान संवाददाता, पाेखरा

पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले २०७६ असोज ५ गते देखी मंसिर ४ गते सम्म संचालन गरेको ‘दशैँ तिहार उत्सव–२०७६’ कार्यक्रमको आज एक भब्य कार्यक्रमका बिच बम्प्पर उपहार बिजेताको छनौट गरेको छ ।

पोखरा ट्रेड मलले नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ लगायत चाड पर्बहरुको शुभ अवसरमा ग्राहक महानुभाबहरु लक्षित दशै तिहार उत्सव– २०७६ कार्यक्रम २०७६ असोज ५ गते देखी मंसिर ४ गते सम्म संचालन गरेको थियो । यो समयावधिमा टे«ड मलमा रहेका जुनुसुकै पसलबाट ५ सय रुपैयाँ बराबरको किनमेल गर्नेहरु ग्राहक महानुभाबहरु यो उपहार योजनामा सहभागि भएका थिए । योजना अबधी भित्र ३ जना भाग्यशाली ग्राहक महानुभाबले रु १,५०००० सम्मको नगद उपहार प्राप्त गरिसकेका र ६ जना भाग्यशाली ग्राहकले डोकोभरी उपहार प्राप्त गरिसकेको पनि कार्यक्रममा जानकारी गराईयो भने अब आजको छनौट बाट एक जना भाग्य शाली ग्राहक महानुभाबले YAMAHA FZS 1 बाईक तथा चौथो हप्ताको रु ५००००को बिजेता साथ साथै २ जना ले डोको भरी उपहार प्राप्त गर्ने जानकारी उत्सव व्यवस्थापन समितिका संयोजक श्री नबराज त्रिपाठीले गराउनु भयो ।

Advertisement

गण्डकी प्रदेश का माननीय सभासद् श्री बिन्दु कुमार थापा ज्यूको प्रमुख आथित्यतामा संचालन भएको समापन तथा बम्पर उपहार घोषणा कार्यक्रम मा पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष श्री रामराज कोईराला तथा वडा नं ४ का वडा अध्यक्ष श्री शंकर बास्तोलाले कार्यक्रममा दशै तिहार उत्सव – २०७६ सफलतापूर्बक सम्पन्न भएकोमा धन्यबाद प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लि.का प्रबन्ध संचालक श्री मिनराज काफ्ले ले स्वागत मन्तब्य राख्नु हुदै कार्यक्रमले ग्राहक महानुभाबहरुलाई उत्साह सिर्जना भएको र उपहार योजनामा धेरै भन्दा धेरै ग्राहकहरुको सहभागिता रहेको जानकारी गराउनु भयो । दशै तिहार उत्सव – २०७६ अन्र्तगत चौथो हप्ताको रु ५०००० हजार श्री नबराज सापकोटा तथा डोको भरी उपहार बिजेता श्री अनिता त्रिपाठी र मनिशा खनालले जित्नुभएको छ भने अन्तिम हप्ताको ५ जना डोको भरी उपहार बिजेता को कुपन नं क्रमशः २६८६३,४००८४,००४०१, २२७६६ र ७५१२४ रहेको छ ।

Advertisement

त्यसै गरि बम्पर उपहार YAMAHA FZS 1 बाईक ३७३६० नं को कुपन ले प्राप्त गर्नु भएको जानकारी गराईयो । उपहार माग दाबी सम्बन्धमा बिजेताले अर्धकट्टि सहित १५ दिन भित्र पोखरा ट्रेड मलको कार्यालयमा सम्र्पक राख्नुहुन उत्सव व्यावस्थापन समितिका सचिव श्री माधव प्रसाद तिमिल्सीनाले अनुरोध गर्नुभयो । कार्यक्रममा पोखरा ट्रेड मल हाउजिङ्ग प्रा.लि. का संचालक ज्यूहरु, मल व्यावस्थापन समितिका संयोजक श्री रामकुमार श्रेष्ठ, कृष्ण प्रसाद काफ्ले, कास्की उद्योग बाणिज्य संघका प्रतिनिधी, ट्रेड मल दिदी बहिनी समूहकी अध्यक्ष सीमा कोइरालालगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया