नागरिकको आस्था र भरोसाको केन्द्र प्रहरी कार्यालयः प्रनामनि विनाेद शर्मा घिमिरे

समाधान संवाददाता २०७६ मंसिर १० गते १६:१६

समाधान संवाददाता, गाेरखा

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले कुनै पनी प्रहरी कार्यालय फगत एक प्रहरी कार्यालय मात्र नभई आम नागरिकको आस्था र भरोसाको केन्द्र समेत भएको बताउनु भएको छ ।

गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका(०१ स्थित प्रहरी चौकी बारपाकको नव निर्मित प्रहरी भवनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

Advertisement

साथै नेपाल प्रहरीप्रती आम नागरिकको यस्तो अमुल्य विश्वास एवम् भरोसालाई जिवितै राख्न प्रहरी संगठनले समेत सांगठनिक शुद्धिकरण र सुदृढिकरण गर्दै थप परष्कृत एवम् जनलक्षित प्रहरी सेवा प्रवाह गर्दै आईरहेको बताउनु भयो ।

सम्बोधनकै क्रममा उहाँले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न सबै निकायहरुको भुमिका समेट्ने हेतुले लागु गरिएको समुदाय प्रहरी साझेदारी अवधाराणाको मुल मर्म अनुरुपनै सबै सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्नेमा समेत जोडदिनु भएको छ ।

Advertisement

कार्यक्रमका सभाध्यक्ष तथा बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु प्रसाद भट्टले गाउँस्तरमा उक्त सुविधा सम्पन्न प्रहरी भवनको निर्माण हुनु सबैका लागि गर्वको विषय भएको बताउदै प्रहरी सफल भएमात्रै समाज सुदृढ र समुन्नत हुने हुँदा सबैले प्रहरीप्रती आत्मियता देखाउनु पर्ने बताउनु भयो ।

मिति २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभुकम्प र त्यसपछिको पराकम्पनबाट क्षति ग्रस्त नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनस्निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूनस्निर्माण प्राधिकरण कोष बिच सम्झौता भई उक्त प्रहरी चौकी बारपाक गोरखाको कार्यालयर व्यारेक भवन, मेश र शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त प्रहरी भवन सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा व्यबस्था भए वमोजिमका प्रक्रियाहरु पुरा गरी मिति २०७४।०३।१८ गते जिल्ला प्रहरी कार्यालय गोरखा र निर्माण व्यवसायी होम निर्माण सेवा गोरखा विच सम्झौता भई मिति २०७६ असार १७ गते मुल्य अभिबृद्धि कर सहित रु।१,४५,५२,९८७।२९ मा कार्यालयरव्यारेक भवन, मेश र शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया