सोलार बनाउने भन्दै चिनियाँ सुरक्षाकर्मी लोमान्थाङ आउजाउ

समाधान संवाददाता २०७६ मंसिर १० गते १६:३५

एसके थकाली, जोमसोम

३ वर्षअघि चिनियाँ सरकारको आर्थिक सहयोगमा लोमान्थाङ बजारका लागि उपलब्ध २४० किलोवार्डको सौय उर्जा सोलार बत्ती संञ्चालनमा छ । सोही सौर्य उर्जा बत्तीको प्राविधिक मर्मत भन्दै कोरलानाका स्थित चिनिया सुरक्षाकर्मी बर्सेनि दर्जनौ पटक लोमान्थाङ आउने बाटो बनेको छ । चिनिया सुरक्षा अधिकारीले कुनैपनि बखत लोमान्थाङ स्थित नेचुङ प्रहरी चौकीको १ जना सुरक्षा अधिकारी साथमा लिएर नाकातर्फको दक्षिण ३५ किलोमिटर वर सम्म आउछन् ।

नेपाल सरकारले उत्तरतर्फ चिनसंग सीमा जोडिएका जिल्लाहरुमा नेपाली सीमा प्रशासनको समन्वयमा ३५ किलोमिटर दुरी सम्म आउन पाउने प्रावधान बनाएको लोमान्थाङ ईलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले जानकारी दिए । यसरी नेपाल प्रबेश गर्दा यथेस्ट उद्देश्य खुल्नु पर्दछ । तर, चिनिया सुरक्षाकर्मी नेपालपक्ष संग कुनै खास काम नभई सोलारको प्राविधिक मर्मत गर्ने बहाना बनाएर लोमान्थाङ सम्म आउने गरेको जनार्ईएको छ । लोमान्थाङ निवासी छेवाङ लोहाले चिनिया गाडीहरु नम्बर प्लेट छोपेर लोमान्थाङ सम्म आउने गरेको फेसबुकमा लेखेका छन् । उनले नम्बर प्लेट छोपिएको गाडीको केही फोटो समेत पोष्ट गरेका छन् । उनी भन्छन् उपल्लो मुस्ताङ सरकारको निषेधित तथा नियन्त्रितक्षेत्र भएको र विदेशीले ५ सय डलर बुझाउनु पर्ने र उत्तरी नाकाबाट शुल्क नलाग्ने नियम बिभेद भएको उल्लेख गरेका छन् ।

Advertisement

सरकारले भारतसंग सीमा जोडिएका जिल्लामा भारतियलाई बोर्डर अनुमती लागु गरेको छैन । हिमालपारीको जिल्ला विदेशी राष्ट्रहरुको कुटनितक अभ्यास गर्ने थलोको रुपमा विकास भईरहेको छ । एक दशकअघि अमेरिकी हिमालयन फाउन्डेसनले लोमान्थाङमा माईक्रो हाईड्रो संञ्चालनमा ल्याएको थियो । हाईड्रो संञ्चालनमा रहेकै अवस्थामा चिनिया सरकारले सौर्य उर्जा सोलार जडान गरेपछि माईक्रो हाईड्रो बेवारिसे बनेको छ । मुस्ताङका ५ वटै स्थानीय तहमा अमेरिकी सहयोग नियोग र भारतीय राजदुताबासको सहयोगमा शैक्षिक संस्था, स्वास्थ्य र पूर्वाधार विकासमा लगानी गरिरहेको पाईन्छ । अनुगमनका नाममा विदेशी कुटनितिक नियोगका व्यीक्तहरु मुस्ताङको विभिन्न प्रकारको अध्ययन र उत्तरी नाकाको गतिविधिको जानकारी हासिल गर्ने गरेको पाईएको छ । कोरलानाकामा चिन सरकारले अत्याधुनिक क्षमताको सीसी क्यामेरा राखेको छ ।

लोमान्थाङ स्थित ईलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले चिनिया सुरक्षाकर्मी समन्वय गरेर आउजाउ गर्ने गरेको जानकारी दिए । ‘ कोरला बोर्डरमा रहेका चिनिया सुरक्षाकर्मी संग असाध्यै राम्रो पार्टनर सीपको सम्वन्ध छ । उनीहरु नेपाली पक्ष संग साझेदारी रुपमा काम गर्न चाहन्छन् ।’उनले भने । उनका अनुसार नेपाली पक्ष चिनिया भुमीमा जानका लागि ईलाका प्रशासनले अनुमती दिने र चिनिया पक्ष नेपाल आउदा चिनियाँ पक्षकै अनुमती आवश्यक पर्ने निरौलाको भनाई छ । उपल्लो मुस्ताङका धार्मिक गुम्बाहरु भारतीय सरकार र अमेरिकी संस्थाले बनाईदिएको छ । चिनको स्वशासित क्षेत्र समेत तिब्बत भएकाले चिन विरोधी गतिविधि हुनसक्ने भन्दै चिनियाँ सुरक्षाकर्मीले कामको बहाना बनाएर लोमान्थाङ आउजाउ गर्ने गरेको पाईएको हो । ईलाका प्रशासन प्रमुख निरौलाले चिनियाँ पक्षहरु सोलार मर्मत, नेपाली उत्पादन खरिद, प्रशासनीक काम र कुटनितिक अध्ययन गर्नका लागि आउने गरेको बताए ।

Advertisement

चिनियापक्षका सुरक्षाकर्मी जुनसुकै अवस्थामा कामको बहाना बनाएर नेपाल प्रबेश गरेपनि नेपाली पक्षलाई व्यापार मेला बाहेक अन्य समय कुनै पनि अवस्थामा प्रबेश पाउने अवस्था छैन । सरकारले चिनपक्षलाई खुला बोर्डर स्वीकृत नगरेको र दक्षिण हुदै आएको खण्डमा भिसाको आवश्यकता पर्दछ । उपल्लो मुस्ताङका लोमान्थाङ बजार कोरलानाका देखि दक्षिण २५ किलोमिटर वर पर्दछ ।

तपाईको प्रतिक्रिया