चिनियाँ मेडिकल टोलीद्धारा पोखरामा निशुल्क स्वास्थ्य शिविर

समाधान संवाददाता, पोखरा
चिनिँया मेडिकल टोलीले पोखरामा दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।
चिनियाँ सरकारको सहयोगमा पोखराको लेकसाईडमा मंसिर ९ र १० गते गरिएको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले स्वास्थ्यलाभ लिएको बताएको छ । नेपालका विभिन्न स्थानमा निशुल्का स्वास्थ शिविर संचालन गर्दै आएका १७ जना चिनियाँ डाक्टरहरुको टोलीले लेकसाइडमा नाक, कान, घाँटी, थाइराइट, फोक्सो, इलेक्ट्रोकार्डियो, रगत जाँच र परम्परागत चिनिँया चेकजाँच गरेका थिए ।
टोलीले शिविरमा चेकजाँचका क्रममा पत्ता लागेका रोगहरुको औषधी सेवन गर्नुपर्ने या ठुलो अप्रेसन नै गर्नुपर्ने विरामीलाई अन्य अस्पतालहरुमा जान सल्लाह समेत दिएको टोलीका संयोजक डाक्टर लिउ लिउले जानकारी दिए । १२ औँ पटकको स्वास्थ्य शिविर गरिसकेका डाक्टरहरुको टोलीबाट नेपालीले धेरै भन्दा धेरै निशुल्क स्वास्थ्य लाभ लिन सकोस् भन्ने हेतुले विभिन्न ठाँउमा शिविर संचालन गर्दै आएको उनको भनाई छ । टोलीले यहि हप्ताको बिहिबार, शुक्रबार र शनिबार पोखरामा निर्माणधिन क्षेत्रिय विमानस्थल भित्र निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने समेत बताएको छ ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया