लोमान्थाङमा कुकुर आतंक

समाधान संवाददाता २०७६ मंसिर १० गते १६:४७

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङको लोमान्थाङमा छाडा कुकुर आतंकले स्थानीयबासीमा त्रासदी छाएको छ । हिउदयामको जाडो छल्न स्थानीयबेशी झरेको अवस्थामा सीमित स्थानीयबासीलाई छाडा कुकुरले सास्ती दिएको हो ।

बर्खायाममा केही कम देखा पर्ने ति भुस्याहा कुकुर असोज लागेपछि गाउभित्र र खेतवारीमा पसेर पर्यटक ,स्थानीय किसानहरुलाई दुख र क्षति पू¥याउने गरेको लोमान्थाङ निवासी पासाङ गुरुङले जानकारी दिए । उनका अनुसार लोमान्थाङ बजारमा मात्रै ५० वटा भन्दा बढी भुस्याहा कुकुरको समुह रहेको र छोसेर गाउमा पनि कुकुर आतंक भईरहेको उल्लेख गरे ।

Advertisement

हिउदयामको कार्तिक लगत्तै उपल्लो मुस्ताङमा मानव बस्ती पातलिएको छ । कतिपय घरहरु बन्द छन् । घरमा पालिका कुकुर बेवारिसे भएको र अनाधिकृत रुपमा सामेल भएका कुकुरहरुको समुहले घरमा पालन गरिएका पाठापाठी खाईदिने ,खेतमा लगाईएका बालानाली नष्ट गरिदिने र पर्यटक र गाउले माथि आक्रमण गर्ने गरेको स्थानीय पासाङ गुरुङले सुनाए । ‘ एक साता अघि विदेशी पर्यटकलाई कुकुर टोक्यो ,हेली मार्फत उद्दार भयो ,उनले भने ,‘ हिजोे मात्रै २ वटा पाठापाठी कुकुरले खाईदियो ।कुकुरले ज्याद्रो दुख दियो ।’

लोमान्थाङमा कुकुर आतंक बढेपछि स्थानीयले कुकुर व्यवस्थापन गर्न माग गरेका छन् । अनाधिकृत छाडा भुस्याहा कुकुरलाई रेबिज भ्याक्सन नलगाईएकाले कुकुरको जोखिम बढेको हो । कुकुरको व्यवस्थापन सहित आवश्यक भ्याक्सिन लगाउन समेत सरोकारवालाहरुले अनुरोध गरेका छन् ।

Advertisement

घरमा पालिएका कुकुर वेवारिसे बनेको र बर्सेनि कुकुरको प्रजनन दर बृद्धि भएकाले कुकुरको संख्या बढेको स्थानीयको बुझाई छ ।

तपाईको प्रतिक्रिया