प्रबिधीको प्रयोगले मात्र आधुनिक नेपाल बन्छः मन्त्री अर्याल

समाधान संवाददाता २०७६ मंसिर १० गते १६:५८

अर्जुन काफ्ले, स्याङ्जा

भुमि ब्यवथा, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रबिधीको प्रयोगले मात्र आधुनिक नेपाल बन्ने बताउनु भएको छ । जिल्ला मालपोत कार्याल स्याङ्जामा सुधारिएको सेवा प्रवाह मोडेल सिस्टमको शुभारम्भ गर्दै अर्यालले प्रबिधीले सेकेण्ड भरमा सबै जान्ने बनाएको बताउनुभयो ।

हरेक क्षेत्रमा नयाँ ढंगले बढ्नु पर्ने बताउदै अर्यालले तब मात्र समृद्ध नेपाल बन्ने बताउनुभयो । सरकार स्पष्ट नीति र बिचारका साथ हरेक क्षेत्रमा लोकतन्त्र र गणतन्त्रको अनुभुति हुने गरी काममा लागेको बताउदै अर्यालले भन्नुभयो — “प्रतिबिम्ब नमुना मालपोत हो ।”

Advertisement

सरकारी कार्यालयले मालपोतको देखासिकी गर्नुपर्ने बताउदै मन्त्री अर्यालले बर्तमान सरकार जनताका अपेक्षा पुरा गर्न सक्रिय रहेको बताउनुभयो ।

सेवा प्रवाहलाई सहज बनाउन मालपोत र नापीलाई मर्च गर्ने दिशामा सरकार लागेको बताउदै अर्यालले अब जनताले कुरी कुरी गर्ने अवश्था नआउने बताउनुभयो ।

Advertisement

जग्गाको प्रसासन लथालिङ् रहेको बताउदै मन्त्री अर्यालले आफ्नो कार्यकालमा केहि गरेर देखाउने बताउनुभयो । जग्गा प्रसासनको लागि नीति बनाएको बताउदै मन्त्री अर्यालले नीति बनाएपनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

हिजोका शैली परिवर्तन नभएमा जनताले परिवर्तनको अनुभुति नगर्ने बताउदै अर्यालले नेताले नीति, बिचार र योजना दिने र कर्मचारीले कार्यान्वयन गर्ने बताउनुभयो । जनतालाई के गर्दा सहज हुन्छ सोही अनुसार सेवा प्रवाह गर्नुपर्ने बताउदै मन्त्री अर्यालले सुखी बनाउने ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कालापानी, लिपुलेक, लिम्पियाधुराको समस्या आजको नभई सुगौली सन्धीको समस्या भएको बताउदै मन्त्री अर्यालले भारत अतिक्रमित सबै भुभाग नेपालको भएको बताउनुभयाे । भारत र चिनसँग जोडिएका सबै ठाउँमा समस्या एउटै रहेको बताउदै मन्त्री आर्यलले सरकार कुटनैतिक सामाधानको प्रयासमा रहेको बताउनुभयो ।

टनपुर सन्धीको जगमा भारतले नेपाली भुमिका हस्तक्षेप गरेको बताउदै अर्यालले सरकारको बिरुद्धमा बोल्ने सबैलाई सिमा मिचिएको चिन्ता भएमा प्रधामन्त्रीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संघिय सांसद नारायण प्रसाद मरासिनी, प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ्, जिल्ला समन्व समिति प्रमुुख सिता कुमारी सुन्दास, पुतलिबजार नगर प्रमुख सिमा कुमारी क्षेत्री, अर्जुन चौपारी गाउँपालिका अध्यक्ष दिर्घ नारायण अर्याल, प्रजिअ राम बहादुर कुरुवाङ् लगायतले जनमैत्री सेवा हुनुपर्नेमा जोड दिएका थिए ।

सेवा ग्राहीहरुलाई छिटो छरितो तरिकाले सेवा दिने उद्देश्यले चौथो मालपोत कार्यालयको रुपमा स्याङ्जालाई स्मार्ट( नमुना ) घोषणा गरिएको हो । नमुना मालपोतमा एकद्धार प्रणाली लागु हुने बताउदै मालपोत अधिकृत प्रकाश पौडेलले एक ढोकाबाट पेश गरेपछि अर्को ढोकाबाट काम गरेर सकिने बताउनुभयो । बिगतमा फाइल ठाउँ ठाउँ पेश गर्नुपर्ने अवस्था रहेको बताउदै पौडेलले एक ठाउँमा पेश गरेपछि टुकन पाउने र पालै पालो काम सकिने बताउनुभयो ।

अब काम भएको सबैले देख्ने र पारदर्शी हुने बताउदै पौडेलले सेवाग्राहीले देख्ने गरी प्रतिक्षालयमा टेलिभिजन र अडियो भिजुअल डिस्प्ले जडान गरिएको बताउनुभयो । कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ प्रणलीबाट हुने बताउदै पौडेलले मालपोत पूर्ण रुपमा क्यास लेस भएको बताउनुभयो ।

मालपोत कार्यालय सेवाग्राही मैत्री भएको बताउदै पौडलले सफा, हेल्पडेक्स, कुन काम कुन कक्षबाट गर्ने, स्तनपान कक्ष, महिलापुरुष शौचालय, चिसो तातो खानेपानीको व्यस्था र अपाङ्ग मैत्री, चेन्जिङरुम, रिफ्रस रुम समेत बनाइएको बताउनुभयो ।

मन्त्री परिषदको निर्णण अनुसार साउन ५ गतेबाट नमुना मालपोत बनाउन थालिएको बताउदै पौडेलले छोटो समयमा काम गरेर शुरुवात गरिएको बताउनुभयो । अब काममा सहज, समयको बचत, सेवाग्राहीलाई प्रत्यक्ष पारदर्शीता, आर्थिक भ्रष्टचारको अन्त्य हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया