पञ्चासेमा बालाचतुर्दशी मेला

समाधान संवाददाता २०७६ मंसिर ११ गते १३:१८

समाधान संवाददाता, पोखरा

बाला चतुर्दशीको अवसर पारेर पञ्चासेमा नवौं पञ्चासे बालाचतुर्दशी तथा भलिबल प्रतियोगितामा सोमबार सुरु भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पञ्चासेलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नु महानगर प्रतिबद्ध भएको बताएकी छन् ।

पञ्चासे आदर्श क्लबले आयोजना गरेको कार्यक्रममा उनले जैविक विविधता बोकेको पञ्चासेलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्दै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइन् । उनले पर्यटकीय सम्भावना बोेकेको क्षेत्र भएकाले पञ्चासेको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढनुपर्ने बताइन् ।

Advertisement

उनले मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर २३ का सदस्य दुर्गाबहादुर घले, क्याप्टेन पदमबहादुर गुरुङ लगायतले बोलेका थिए । भलिबल प्रतियोगितामा २० समूह सहभागी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया