बम विस्फाेट गराएकाे आशंकामा १ पक्राउ

समाधान संवाददाता २०७६ मंसिर ११ गते १४:४३

समाधान संवाददाता, पाेखरा

कास्की-२ को उपचुनावका लागि नयाँबजारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला बम विस्फोट गराएकाे आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकैकाे बसपार्कमा रहेकाे फोहरको थुप्रोमा विष्फोट भएको हाे । उक्त स्थानमा तत्कालै व्यापक रुपमा प्रहरी परिचालन गरी खोजतालस तथा अनुसन्धान गर्दा उक्त शंकास्पद वस्तु विष्फोट कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले तत्कालै एक जना व्यक्तिलाई पक्राउ गरी
थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया