हिमालयन रेञ्ज ब्रान्डको को क्रिकेट ब्याट पोखरामा

समाधान संवाददाता २०७६ मंसिर ११ गते १४:४९

समाधान सम्वाददाता
पोखरा

पोखराका ४ जना पूर्व राष्ट्रिय क्रिकेट खेलाडीले क्रिकेट ब्याट ‘ब्रान्ड लञ्च’ गरेका छन् । पूर्व राष्ट्रिय खेलाडी दीपेश खत्री, विधान श्रेष्ठ, गोविन प्रधान र वीरेन पुनले संयुक्त रुपमा ‘हिमालय रेन्ज’ ब्रान्डको ब्याट बुधबार सार्वजनिक गरेका हुन् ।

भारतको मेरिट सहरमा उत्पादित ब्याट नेपालमा बिक्रि वितरण गर्ने उद्धेश्यले क्रिकेट ब्याट व्यवसाय सुरु गरेको पूर्व अन्र्तराष्ट्रिय खेलाडी दीपेश खत्रीले जानकारी दिए । उनले नेपालमा पाइने ब्याट महंगो पर्ने भएकाले सस्तो मूल्यमै गुणस्तरीय ब्याट बिक्रिवितरण गर्न व्यवसाय सुरु गरेको सुनाए । ‘नेपालमा पाइने ब्रान्डेड ब्याटको मूल्य साह्रै महंगो हुन्छ । त्यसले गर्दा कमजोर आर्थिक स्थिति भएका क्रिकेट खेलाडीले ब्याट किन्नै सक्दैनन्,’ उनले भने, ‘त्यसका लागि पनि नेपालको आफ्नै ब्रान्डको ब्याट हुनुपर्छ भन्ने आवश्यकता महसुस गरिएको हो ।’

Advertisement

पोखराबाट लन्च भएको हिमालय रेन्ज क्रिकेट ब्याट ब्रान्ड नेपालकै पहिलो भएको भएको दाबी व्यवसायीको छ । ‘नेपालमा आरआर र एसएम ब्रान्डको क्रिकेट ब्याट बिक्रि हुन्छ । त्यसबाहेक क्रिकेटका लागि नेपालको आफ्नै ब्रान्ड भने छैन,’ उनले भने । पोखरामा लन्च भए पनि नेपालभरि हिमालय रेन्ज ब्रान्डको ब्याट बिक्रि गरिने पूर्व राष्ट्रिय खेलाडी वीरेन पुनले जानकारी दिए ।

हिमालय रेन्जले नेपालमा ४ थरि ब्याट बिक्रि गर्ने भएको छ । ब्याटको गुणस्तरका आधारमा खेलाडीले आफ्नो गच्छेअनुसार ५ हजारदेखि २० हजारसम्म क्रिकेट ब्याटको मूल्य तोकिएको छ ।

Advertisement

४ क्रिकेट खेलाडी ब्रान्ड एम्बेस्डर घोषित
हिमालय रेन्जले पोखराका ३ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । १९ वर्ष मुनिका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका शीला रेग्मी, श्रृष्टि पौडेल र राष्ट्रिय क्रिकेट खेलाडी अनिल गुरुङलाई ब्रान्ड एम्बेस्डर घोषणा गरिएको छ । क्रिकेटर गुरुङ गण्डकी प्रदेशका लागि सेन्चुरी हान्ने पहिलो खेलाडी हुन् । उनीहरुलाई महिला पर्यटन व्यवसायी सोनी गुरुङ गौतमले क्रिकेट ब्याट दिएर ब्राण्ड एम्बासेडर घोषणा गरेकी हुन् ।

तपाईको प्रतिक्रिया