तनहुँमा ४ महिनामा ४ हजारलाई नागरिकता

समाधान संवाददाता २०७६ मंसिर १२ गते १३:३४

कृष्ण न्यौपाने
दमौली

जिल्ला प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६÷७७ को ४ महिनामा ४ हजारभन्दा बढी नागरिकता वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म वंशजका आधारमा ४ हजार १ सय ८१ नागरिकता वितरण गरेको हो ।

कार्यालयले सोही अवधिमा ५ वटा वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । २ हजार ४ सय २१ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । कात्तिकमा मात्रै कार्यालयले १ हजार २ सय १५ वंशजको आधारमा र १ वटा वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ भने ४ सय ९३ प्रतिलिपि वितरण गरेको छ ।

Advertisement

कार्यालयले ४ महिनामा१ सय ५९ नाबालक परिचय वितरण गरेको छ भने २ हजार २ सय ६२ राहदानी वितरण गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए । जिल्लाबाट २ हजार ६ सय ३ र दु्रत सेवाबाट ९ सय ३ राहदानी सिफारिस गरिएको छ । कार्यालयले उक्त अवधिमा विभिन्न विपद्मा परेकालाई ४ लाख ३० हजार राहत प्रदान गरेको छ ।

यस अवधिमा ६९ मुद्दा दर्ता भएकोमा ३६ वटा मुद्दा फछ्र्यौट भएको कार्यालयले जनाएको छ । ४ सय ८९ आदिवासी जनजाति प्रमाणित, ३ सय १४ दलित प्रमाणित, ६ सय ८३ पेन्सन सिफारिस र १ हजार ७७ अन्य सिफारिस गरिएको कार्यालयले जनाएको छ । कार्यालयमा उक्त अवधिमा ८ वटा नयाँ संस्था दर्ता भएका छन् भने ३ सय ३२ संस्था र १ सय २९ हातहतियार नवीकरण भएका छन् । कार्यालयमा निवेदनमार्फत ७ वटा र हेल्लो सरकार मार्फत् १ वटा गुनासो दर्ता भएको छ ।

Advertisement

डेढ करोड राजस्व संकलन
यो अवधिमा कार्यालयले डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले सबैभन्दा बढी राहदानी दस्तुरबाट १ करोड ४० लाख ५० हजार राजश्व संकलन गरेको छ । संस्था दर्तामार्फत् ५ लाख २५ हजार १ सय ८३, हातहतियार नवीकरणमार्फत् ५८ हजार १ सय र न्यायिक दण्ड जरिवानामार्फत् १० लाख ४९ हजार एक सय राजस्व संकलन भएको छ । कात्तिकमा मात्रै राहदानी दस्तुरबाट ३० लाख ५२ हजार ५ सय राजस्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया