८ किलो सुनसहित पक्राउ परे चिनियाँ नागरिक
समाधान संवाददाता
२०७६ मंसिर १३ गते ११:५०

समाधान संवाददाता, काठमाडाैं
त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले चेन होङयाङ र चेन क्वीनहाङलाई ८ किलो सुनसहित पक्राउ गरेको हो ।
बिहीबार राति नेपाल एयरलाइन्सबाट हङकङ हुँदै नेपाल आएका उनीहरूको साथबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।
समातिएका दुबै चिनियाँ चीनको फुजियान प्रान्तका नागरिक हुन् । पछिल्लाे समय हङकङ हुँदै नेपालमा सुन तस्करी भइरहेको छ । नेपालमा तस्कर गरेर ल्याइएको सुन भारत पठाउने गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई गाैशाला प्रहरीमा बुझाइएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया