मनाङमा एम्बुलेन्स चालकलाई तालिम

समाधान संवाददाता २०७६ मंसिर १३ गते १२:३५

समाधान संवाददाता, पाेखरा

स्वास्थ्य कार्यालय मनाङले एम्बुलेन्स चालकका लागि तालिम गरेको छ । एम्बुलेन्स सेवाकोे संवेदनशीलताका साथै दुर्घटना कम गर्न तालिम गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए ।

एम्बुलेन्स सेवालाई व्यवस्थित रुपमा सञ्चालन गर्न तथा आकस्मिक सेवा प्रवाह गर्ने विषयमा चालकलाई जानकारी दिने, एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ बमोजिम सेवा सञ्चालन भए नभएको सुनिश्चित गर्न तालिम गरिएको आचार्यले बताए । सडक दुर्घटना न्यूनीकरण गर्न तथा सडक दुर्घटना व्यवस्थापनमा चालकहरुको भूमिका स्पष्ट गराउने लक्ष्यका साथ १ दिने तालिम गरिएको हो । मनाङ जिल्लामा २ वटा एम्बुलेन्स सञ्चालित छन् ।

Advertisement

एम्बुलेन्सका चालकका लागि लक्षित कार्यक्रममा सरकारी कार्यालय तथा सुरक्षा निकायका चालकलाई समेत सहभागी गराइएको थियो । कार्यक्रममा चालकले पालना गर्नु पर्ने आचारसंहिता, दुर्घटनाका कारण र न्यूनीकरणका उपाय, दुर्घटनामा क्षति कम गर्न चालकको भूमिका लगायत विषयमा प्रस्तुतीकरण तथा छलपल भएको थियो । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक श्रवणकुमार विक, मनाङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रतीक घिमिरे तथा स्वास्थ्य प्रमुख बद्री आचार्यले प्रस्तुती गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया