लागुऔषधसहित २ पक्राउ

समाधान संवाददाता २०७६ मंसिर १३ गते १३:१३

समाधान संवाददाता, स्याङ्जा

पुतलीबजार नगरपालिका १ स्याङ्जामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका २ का २७ वर्षीय अष्टमान लामा र पुतलीबजार १ का ३० वर्षीय मीना थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उनीहरुको साथबाट फेनरागन ४८ एम्पुल, नुर्फिन ४८ एम्पुल, डाइजेपाम ४७ एम्पुल र ५ हजार ३५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९५२५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथबाट उक्त परिणामको लागु औषध बरामद गरको हो ।

Advertisement

तपाईको प्रतिक्रिया