अनलाइन प्रणाली प्रयोग गर्दै ‘डिजी प्रोग्राम’ नेपालमा भित्रियो

समाधान संवाददाता, पोखरा
सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याइएको छ । नेपालका विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पढ्न पाउन् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा दिलाउन लागिएको डिजी स्कुल नेपालका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिए ।
बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ । नेपालका विभिन्न स्कुल तथा कलेजको पाठ्यक्रममा समावेश गरेर शिक्षा प्रदान गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।
पोखरामा सञ्चालित विभिन्न बोडिङ स्कुलका संस्थापक एवं प्राचार्यबीच भएको अन्तक्र्रियात्मक छलफलमा ‘डिजी स्कुल’ को बारेमा श्रेष्ठले जानकारी दिएका थिए ।
काठमाडौं, पोखरा लगायतका बोडिङ स्कुलका प्राचार्यबीच भएको अन्तक्र्रिया सकारात्मक भएको एनसिसी एजुकेसनले जनाएको छ । छलफलमा एनसिसी एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले एनसिसी एजुकेसन बेलायतबाटै विद्यार्थीले प्रमाणपत्र पाउने बताए ।
कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’ सुरु भएपछि नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउने डिजी स्कुलका क्षेत्रीय निर्देशक ओम उपाध्यायले बताए । उपाध्यायले स्कुल तहबाटै विद्यार्थीले डिजी स्कुलमा जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयरर मर्मत लगायत विषय सिक्ने सक्नेछन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया