दैलेखमा हायस दुर्घटनाः तीन जनाको मृत्यु, १५ घाइते

समाधान संवाददाता २०७६ मंसिर १३ गते १५:२७

समाधान संवाददाता, काठमाडाैं

सुर्खेत–दैलेख सडक खण्डमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको बुलबुले यातायात प्रालिको भे१ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन बालबालिकासहित १५ जना घाइते छन् ।

मृत्यु हुनेमा वीरेन्द्रनगर–३ तातोपानीका ५७ वर्षीया थिरबहादुर सुनार, दैलेखको बासी घर भई हाल बर्दियाको मधुवन नगरपालिका–६ बस्न २९ वर्षीय नामबहादुर बडुवाल र उनका श्रीमती कमला बडुवाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Advertisement

घाइते हुनेहरूमा वीरेन्द्रनगर–८ खजुराका मंगली गुरुङ, सोही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका–१० दैलेखका लक्ष्मी योगी, अविशेक योगी, वीरेन्द्रनगर–३ तातापानीका मोहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर–११ सुब्बाकुनाका देवीप्रसाद भट्टराई र धुलियाविटका चन्द्रकली सिंगौली रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यसैगरी नौवस्ता बाँकेका कर्णबहादुर बोगटी, लक्ष्मी बोगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ दैलेखका लक्ष्मी रावत र नारयण नगरपालिका–४ का दिलबहादुर कटुवाल घाइते रहेका जिप्रका दैलेखका प्रहरी सहायक निरीक्षक ओमप्रकाश कुर्मीले जानकारी दिए ।

दुर्घटनामा घाइतेहरूको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको रानीमत्ता ट्राफिक पोष्टमा कार्यरत प्रहरी हवलदार गजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

गाडी सडकबाट झण्डै १५० मिटर तल खसेको उनले बताए । दुर्घटनापछि चालक फरार रहेका छन् ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया