बलात्कार आरोपमा सिद्धबाबालाई पक्राउ पुर्जी

समाधान संवाददाता २०७६ मंसिर १३ गते १५:४५

समाधान संवाददाता, काठमाडाैं

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदातल सुनसरीले शुक्रबार  गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको बताए।

Advertisement

गिरीमाथि एक जना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो। 

Advertisement

तपाईको प्रतिक्रिया