भीरकोटमा शनिबार हाट बजार शुरु

समाधान संवाददाता २०७६ मंसिर १५ गते १३:२४

समाधान संवाददाता
भीरकोट

स्याङ्जाको भीरकोट नगरपालिकामा हाटबजार सुरु भएको छ । मेयर छायाँराम खनालले भीरकोट उद्योग वाण्ज्यि संघको सहकार्यमा सुरु गरिएको हाट बजार शनिबार सुरुआत गरे । खनालले कृषकलाई अर्गानिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिल्ने र उत्पादन वृद्धि भई किसानलाई व्यवसायिक बन्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ठ पार्टी भीरकोट अध्यक्ष मीनप्रसाद कोइराला, नेपाली कांगे्रस भीरकोट नगर सभापति तोयानाथ अर्याल, भीरकोट नपा वडा न. १ का अध्यक्ष दीपेन्द्र केसी लगायतले हाट बजार थप व्यवस्थित बनाउँदै किसानलाई व्यवसायिक बनाउन आग्रह गरे । भीरकोट उद्योग वाण्ज्यि संघ वयरघारी अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव नुवादत्त अर्याल, स्वागत निर्वतमान अध्यक्ष हर्कबहादुर गुरुङ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष जगदीश कोइरालाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया