माछापुच्छ्रे बैंककाे एटिएमले मास्टर कार्ड स्वीकार्ने

समाधान संवाददाता २०७६ मंसिर १५ गते १३:४०

समाधान संवाददाता, काठमाडौं

माछापुच्छ्रे बैंकको सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै आफू मास्टर कार्ड सञ्जालमा आबद्ध भएको जनाएको छ ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधाका लागि बैंक मास्टर कार्डसँग आबद्ध भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब मास्टर कार्ड होल्डरले बैंकको १ सय ७० भन्दा बढी एटिएम मार्फत नगद निकाल्न तथा १ हजारभन्दा बढी प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भु्क्तानी गर्न सक्नेछन् ।

Advertisement

बैंकले छिट्टै नै आफ्ना ग्राहकका लागि मास्टर कार्ड जारी गर्ने जनाएको छ । बैंकले हाल १ सय ४४ वटा शाखाहरु, १ सय ३७ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ७० वटा एटिएममार्फतबाट बैंकिङ सुविधा दिइरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया