कास्की २ उपनिर्वाचनः विद्यालाई ७हजार मतकाे अग्रता
समाधान संवाददाता
२०७६ मंसिर १५ गते १४:०३

समाधान संवाददाता, पाेखरा
कास्की २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा आइतबार दिउँसोसम्म नेकपा उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् । अहिलेसम्म विद्या ७ हजार २९ मतान्तरले अघि छन् ।
११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । अब वडा नम्बर १५ को मतगणना थालिएको छ ।
कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया