तनहुँमा अर्को पोथी चितुवा पनि नियन्त्रणमा

समाधान संवाददाता २०७६ मंसिर १५ गते १४:३७

समाधान संवाददाता, दमाैली

चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर राखिएपछि आइतबार बिहान फेरी एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ ।

दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि वडा नम्बर ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

Advertisement

अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

चितुवा नियन्त्रणका लागि नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर निर्माणपछि खोरमा परेर पाँच चितुवा नियन्त्रणमा आएका छन् । यसअघि दुई भाले र दुई पोथी गरी चार चितुवा नियन्त्रणमा आइसकेका छन् ।

Advertisement

खोरमा परेका चितुवामध्ये एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यान, दुईलाई चितवन राष्ट्रिय निकुञ्ज र एउटालाई बुटवलस्थित मणिमुकुन्दसेनको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया