धरान-७ मा नेकपा एक मतान्तरले विजयी
समाधान संवाददाता
२०७६ मंसिर १६ गते १४:०१

समाधान संवाददाता, काठमाडाैं
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर -७ मा नेकपा उम्मेदवार जीवनराम सुवेदीले नेपाली कांग्रेस का उम्मेदवारलाई एक मतान्तरले हराएकाे छ ।
नेकपा उम्मेदवारले छ सय २२ र कांग्रेस उम्मेदवारले छ सय २१ मत ल्याएका छन् ।
एक मतले हारेपछि कांग्रेसले पुन: मतगणनाको माग गर्दै नाराबाजी गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतले बदर भएको दुई मतलाई सदर गरेर नेकपा उम्मेदवारलाई जिताएको आरोप लगाउँदै कांग्रेसले नाराबाजी गरेको थियाे। निर्वाचन अधिकृतले भने पुन: मतगणना नगरी सुवेदीलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
तीन तहका ५२ स्थानका लागि गत शनिबार उपनिर्वाचन भएको थियो । जसमध्ये ४३ वडाध्यक्षका लागि चुनाव भएकोमा अन्यत्र यस्तो लफडा भएको थिएन ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया