धरान-७ मा नेकपा एक मतान्तरले विजयी
समाधान संवाददाता
२०७६ मंसिर १६ गते १४:०१

समाधान संवाददाता, काठमाडाैं
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर -७ मा नेकपा उम्मेदवार जीवनराम सुवेदीले नेपाली कांग्रेस का उम्मेदवारलाई एक मतान्तरले हराएकाे छ ।
नेकपा उम्मेदवारले छ सय २२ र कांग्रेस उम्मेदवारले छ सय २१ मत ल्याएका छन् ।
एक मतले हारेपछि कांग्रेसले पुन: मतगणनाको माग गर्दै नाराबाजी गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतले बदर भएको दुई मतलाई सदर गरेर नेकपा उम्मेदवारलाई जिताएको आरोप लगाउँदै कांग्रेसले नाराबाजी गरेको थियाे। निर्वाचन अधिकृतले भने पुन: मतगणना नगरी सुवेदीलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
तीन तहका ५२ स्थानका लागि गत शनिबार उपनिर्वाचन भएको थियो । जसमध्ये ४३ वडाध्यक्षका लागि चुनाव भएकोमा अन्यत्र यस्तो लफडा भएको थिएन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया