आयशा बनिन् तेक्वान्दोको फरक विधामा दुई स्वर्ण जित्ने खेलाडी

समाधान संवाददाता २०७६ मंसिर १६ गते १५:२३

समाधान संवाददाता, काठमाडाैं

१३औं  दक्षिण एसियाली खेलकुद (साग) मा आयशा शाक्यले तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा स्वर्ण जितेकी छिन्। 

आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्। उनले ७.९४० अंक ल्याइन्। 

Advertisement

दोस्रो भएकी भारत प्राजाकिताले ७.६४० अंक र तेस्रो भएकी श्रीलंकाकी गायत्रीले ७.५५० अंक बटुले। 

आयशाले साग इतिहासमा तेक्वान्दोको दुई फरक विधामा स्वर्ण जितेर इतिहास समेत बनाइन्। 

Advertisement

आयशाले सन् २०१० मा भएको एघारौं सागमा उनले ग्योरुगी (फाइट) मा स्वर्ण जितेकी थिइन्। 

योसँगै जारी सागमा नेपालले तेक्वान्दोबाट चौथो स्वर्ण जितेको छ। 

पुम्मेसमा १३ वटा स्वर्ण मध्ये अहिलेसम्म ६ वटा स्वर्णको टुंगो लागेको छ।

तपाईको प्रतिक्रिया