पोखरामा भएको दुआथलनमा हिमाल टामाटाले जिते स्वर्ण

समाधान संवाददाता २०७६ मंसिर १७ गते १२:३५

समाधान संवाददाता, पाेखरा

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आज पोखरामा सम्पन्न दुआथलन पुरुष तर्फ नेपालले स्वर्ण पदक जितेको छ।

नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन् । प्रतिष्पर्धामा भारत र श्रीलंकाका सहित ६ खेलाडी सहभागि थिए।

यसै गरि सोही स्पर्धामा नेपालका लागि लक्ष्मण मल्लले रजत पदक जितेका छन ।

तपाईको प्रतिक्रिया