कांग्रेस ९ सभापति उमाको राजीनामा

समाधान संवाददाता, पाेखरा
नेपाली कांग्रेस पोखरा ९ की सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छन् । उपनिर्वाचनमा पोखरा ९ मा कांग्रेसले पराजय भोगेपछि नैतिकताको आधारमा राजीनामा दिएको उनले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपनिर्वाचनमा पार्टी संरचना, काम गर्ने तौरतरिका र वर्तमान अवस्थामा वडा तहदेखि संगठनको अवस्था मजबुत नभएको उनले राजीनामा पत्रमा स्वीकार गरेकी छन् । सभापति ठकुरीले नेपाली कांग्रेस, कास्की क्षेत्र नं. २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छेसमक्ष राजीनामा दिएकी हुन् ।
पदबाट राजीनामा दिएको बताउँदै पार्टी र संगठनमा थप क्रियाशील भएर लाग्ने उनले बताएकी छन् । विज्ञप्तिमा उल्लेख छ, ‘जुन भरोषा र विश्वासका साथ पोखरा ९ का क्रियाशील सदस्य, नेता, मेरा अग्रजहरूले विश्वास गरेर वडा सभापतिको जिम्मेवारी प्रदान गर्नुभएको थियो । मलाई लाग्छ पछिल्लो बिसम परिस्थितिमा मैले गरेका कार्य समय परिस्थिति अनुरुप उत्रिन सकिन कि?’
राजीनामा पत्रमा उनले जिम्मेवारीभन्दा बाहिर रहेर पनि पार्टीप्रतिको निष्ठा र आस्था तथा भरोसा उत्तिकै राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् । ‘पोखरा ९ मा जुन मत आउनुपथ्र्यो आउन सकेन, यसमा मेरो पनि कमजोरी भयो होला, आगामी दिनमा यस्तो नहोस्’, उनले भनेकी छन् । सभापति ठकुरीले पार्टीभन्दा व्यक्ति ठूलो हुनै नसक्ने जनाएकी छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया