०.०१ सेकेण्डको अन्तरमा भारतलाई हराउँदै सन्तोषीले जितिन् नेपालका लागि स्वर्ण

समाधान संवाददाता २०७६ मंसिर १७ गते १३:३८

समाधान संवाददाता, काठमाडाैं

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् ।

दशरथ रंगशालामा भएको खेलमा १० हजार मिटर दौडमा उनले स्वर्ण जितेकी हुन् ।

Advertisement

उनले निर्धारित दुरी ३५ मिनेट ७.९५ सेकेन्डमा पुरा गरेकी थिइन् भने उनको निकटतम प्रतिद्वन्दी भारतकी पविता यादाले ३५ मिनेट ७.९४ सेकेन्ड लगाएकी थिइन् ।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।

Advertisement

एथ्लेटिक्समा नेपालका लागि टंक कार्कीले पनि पदक जितेका छन् । उनले पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका हुन्। उनले ३ मिनेट ५९.२० सेकेण्डमा दौड पूरा गरे ।

यो प्रतिस्पर्धामा भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेण्डका साथ पहिलो र भारतकै अजित कुमार ३ मिनेट ५७.१८ सेकेण्डमा दोस्रो भए ।

तपाईको प्रतिक्रिया